शिवसताक्षी महोत्सवमा ‘शत्रु गते’ को टिम आज आउदै

शिवगञ्ज, फागुन २८ । कमेडिले भरिएको नेपाली फिल्म ‘शत्रु गते’को सिंङो कलाकारको टिम आज(सोमबार) झापाको शिवगञ्ज आउने भएको छ । रमपम प्रथम शिवसताक्षी महोत्सवमा अधिकाँस हास्य कलाकारको टिम शिवगञ्ज आउने महोत्सवसका कार्यक्रम संयोजक सन्तोष थेगिमले वताए ।

चैत ९ गते प्रदर्शनको तयारीमा रहेको ‘शत्रु गते’ फिल्म का कलाकार प्रचार प्रसारका लागि विर्तामोड आएका वेला शिवसताक्षी महोत्सवमा पनि सहभागी हुने संयोजक थेगिमले वताएका छन । उनले भने, वेलुका ५ वजे महोत्सवमा कलाकारको उपस्थीति हुने छ ।
महोत्सवमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केशी, शिवहरी पौडेल, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा र टंक वुढाथोकी सहभागी हुने भएका छन ।

फागुन १८ गते देखि शिवसताक्षी उध्योग वाणिज्य संघको आयोजकनामा भएकोे महोत्सवमा यस अघि प्रेम आङदम्वे, ह्वीलशन विक्रम राई, ज्योती मगर, सुरेन्द्र केसी, विष्णु सापकोटा, मेलिना राई, सिताराम ताजपुरीया, राम राजवंशी लगायतका कलाकारले प्रस्तुति दिएका थिए । महोत्सव फागुन २९ गते सम्म संचालन हुने छ ।

महोत्सवमा ५० वटा स्टल राखिएको छ । अधिकाँस स्टल भरिएको आयोजकले वताएको छ । विभिन्न खेल तमासापनि महोत्समा राखिएका छन । आयोजकका अनुसार अहिले सम्म ३० हजारले महोत्सवको अवलोकनका साथै मनोरञ्जन लिएको कार्यक्रमका अर्का सम्योजक चन्द्रमणी पौडेलले जानकारी दिए ।

Facebook Comments