विमान दुर्घटनाका सबै मृतकको शव शिक्षण अस्पतालमा

काठमाडौँ  । यूएस बंगला विमान दुर्घटनाका सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

महानगरिय प्रहरी कार्यालयका अनुसार आज बिहान विभिन्न अस्पतालमा रहेका शव शिक्षण पुर्‍याइएको हो।

यतिबेला अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय गरीरहेका छन्। केही बंगलादेशी मृतकका आफन्तहरु बंगालादेशबाट आजै काठमाडौं आउँदैछन्।

Source: kantipurdaily.com
Facebook Comments