चट्याङ लागेर दुईको मृत्यु

झापा, २९ फागुन । सोमबार साँझ बर्षा संगै परेको चट्याङ लागेर झापा र उदयपुरमा दुई जनाको ज्यान गएको छ । झापाको भद्रपुर नगरपालिका –१ बस्ने १९ बर्षिय याम बहादुर लिम्बुलाई बेलुका ८ बजेतिर चट्याङ लागेको थियो। चट्याङ लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्बिनगरले जनाएको छ ।

यस्तै उदयपुरको कटारी नगरपालिका–५ खाँडिखोप बस्ने २२ बर्षिय भोज कुमार राईको समेत चट्याङ लागेर ज्यान गएको छ । उनको साँझ ६ बजे लागेको चट्याङले घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यालय कटारीले जनाएको छ

Source: Hamrodamak.com

Facebook Comments