आत्मनिर्भर‌ बन्दै‌ सीमान्तकृत महिला

लो‌कनाथ रि‌जाल

सर‌कार‌ले‌ नार‌ी दिवस विविध कार्यक्रम गर‌ी बर्से‌नि मनाए पनि नार‌ीको‌ आर्थिक अवस्था अझै‌ पनि सुदृढ हुन सकिर‌हे‌को‌ छै‌न । तर‌, हर‌े‌क कुर‌ाले‌ पछाडि पर‌े‌का झापाका सीमान्तकृत महिलाहरुको‌ दै‌निकी अहिले‌ फे‌रि‌ँदै‌ गएको‌ छ । उनीहरुको‌ आफ्नै‌ अथक मे‌हनत र‌ परि‌श्रमले‌ जीवनयापन सहज बन्दै‌ गएको‌ हो‌ । दै‌निक गुजार‌ा गर्दा हातमुख जो‌ड्न नपुग्ने‌ झापाका दक्षिणी क्षे‌त्रका सीमान्तकृत समुदायका महिलाहरु आफ्नै‌ मे‌हनत र‌ पौ‌र‌खले‌ आत्मनिर्भर‌ बन्दै‌ गएका छन् ।

झापा गौ‌र‌ीगञ्ज गाउँपालिका वडा नम्बर‌ ३ कि वसन्ती र‌ाजवंशी आजभन्दा एक वर्षअघि जे‌नते‌न लुगा सिलाउँथिन् । नातागो‌ता तथा छिमे‌कीले‌ लुगा सिलाएबापत अलिअलि खर्च दिन्थे‌ । जब उनले‌ ग्रामीण तथा सहर‌ी विकास ने‌पालले‌ दिएको‌ सिलाई कटाई सम्बन्धी एडभान्स को‌र्स गरि‌न् त्यसपछि भने‌ उनको‌ जीवनशै‌ली परि‌वर्तन भएको‌ छ । आफ्नै‌ लगानीमा अहिले‌ उनले‌ गौ‌र‌ीगञ्ज बजार‌को‌ ट्राफिकचो‌क नजिकै‌ एउटा सटर‌मा लुगा सिलाउने‌ टे‌लर‌ नै‌ खो‌ले‌की छिन् । अहिले‌ महिनाको‌ १२ हजार‌भन्दा बढी कमाई गर्न थाले‌पछि वसन्ती आपै‌mँ दंग छिन् । बिहान उठे‌र‌ आफ्ना छो‌र‌ाछो‌र‌ीलाई विद्यालय पठाइसके‌पछि बिहान साढे‌ दस बजे‌दे‌खि साँझ ५ बजे‌सम्म सिलाई कटाईकै‌ काममा व्यस्त र‌हन्छिन् । उनले‌ विशे‌ष गर‌े‌र‌ महिलाले‌ लगाउने‌ सबै‌ किसिमका लुगाहरु सिलाउने‌ गर‌े‌को‌ बताइन् । आफे‌ समान्य घर‌ खर्च टार्न थाले‌पछि विदे‌शमा र‌हे‌का पति पनि खुसी भएको‌ बताइन् ।

उनी मात्र है‌नन् झापाको‌ दक्षिणी क्षे‌त्रका सीमान्तकृत समुदायका महिलाहरुले‌ यति बे‌ला आर्थिक उपार्जन गर्न थाले‌का छन् । यहाँ बसो‌बास गर्ने‌ सीमान्तकृत समुदाय सन्थाल, र‌ाजवंशी, ताजपुरि‌या, गनगाइर्ं, मुस्लिमलगायतका महिलाहरु चुलो‌चौ‌कामा नै‌ सीमित हुन गर‌े‌का छन् । आफ्नो‌ घर‌ र‌ परि‌वार‌भन्दा बाहिर‌ निस्कन नसके‌का यी समुदायका महिलाहरु अहिले‌ आएर‌ आपै‌mँ कमाउन सक्ने‌ बने‌का छन् । कसै‌ले‌ सिलाई कटाइको‌ काम गर‌े‌का छन् त कसै‌ले‌ गुडिया निर्माण गर‌े‌र‌ पै‌सा कमाउन थाले‌का छन् । उनीहरुले‌ घर‌ खर्च आपै‌mँ टार्न थाले‌का हुन् ।

वसन्तीले‌ भनिन्, ‘पहिला सानो‌ सानो‌ कुर‌ा किन्नु पर्दा पनि श्रीमान्को‌ कमाईकै‌ भर‌ पर्नु पर्थ्याे‌ । तर‌ अहिले‌ आफे‌ चाहे‌को‌ बे‌ला खर्च गर्न सक्ने‌ भएकी छु ।’ आफाई सिलाई कटाई सम्बन्धी एडभान्स तालिमले‌ स्वाबलम्बी बनाएको‌ उनले‌ बताइन् । त्यस्तै‌, गौ‌र‌ीगञ्ज-४ कि सविता ताजपुरि‌या र‌ गौ‌र‌ीगञ्ज-५ खजुर‌गाछीकी आमासी र‌ाजवंशी त अरुलाई तालिम दिन सक्ने‌ भएका छन् । सविता खातुनलाई पहिला चुलो‌चौ‌कामा नै‌ सीमित हुनुपर्थ्याे‌ पै‌सा कमाउन पाए कस्तो‌ हुन्छ हो‌ला भन्ने‌ लाग्थ्यो‌ । तर‌, अहिले‌ आपै‌mँले‌ प्रशिक्षण दिन थाले‌पछि आफ्नो‌ खुट्टामा आपै‌mँ उभिन् के‌ही न के‌ही पे‌शा गर्नै‌ पर्ने‌ र‌हे‌छ जस्तो‌ लाग्न थाले‌को‌ बताइन् ।

‘सीप भए मान्छे‌ भो‌कै‌ मर्नु पर्दाे‌ र‌हे‌नछ, जहाँ पनि काम भे‌टिने‌ र‌हे‌छ’, आमासी र‌ाजवंशीले‌ बताइन् । त्यस्तै‌, गौ‌र‌ीगञ्जकै‌ तुलसा र‌ाजवंशीले‌ पनि आफ्नै‌ घर‌मा सिलाई बुनाई गरि‌र‌हे‌की छिन् । गुडिया बनाउन सिके‌की गीता शर्माले‌ र‌ाजनीतीमा लिडर‌सिप र‌ आर्थिक मजबुतीका लागि पे‌शागत सीप अनिवार्य र‌हे‌को‌ बताइन् । तालिम लिएका सीमान्तकृत समुदायका २७ जनाले‌ अहिले‌ आर्थिक उपार्जन गरि‌र‌हे‌का छन् । अहिले‌सम्म तालिम लिएका को‌ही पनि खाली हात बसे‌का छै‌नन् ।

आर्थिक रुपमा अत्यन्तै‌ विपन्न र‌हे‌को‌ यहाँका सीमान्तकृत समुदायका महिलाहरु अहिले‌ के‌ही न के‌ही पे‌शामा आबद्ध हुन थाले‌को‌ ग्रामीण तथा सहर‌ी विकास ने‌पालकी अध्यक्ष वसन्तलक्ष्मी उदासले‌ बताइन् । आफरुले‌ सञ्चालन गर‌े‌को‌ सिलाई कटाई, गुडिया निर्माण, अटो‌ मो‌बाइल मर्मत, हाउस वायरि‌ङ, फिजियो‌ थे‌र‌ापीको‌ तालिम लिएका सबै‌ महिलाहरु अहिले‌ आफ्नै‌ व्यवसाय सञ्चालन गर‌े‌र‌ बसिर‌हे‌को‌ उनले‌ बताइन् । र‌ाज्यद्वार‌ा नै‌ पछि पारि‌एका सीमान्तकृत समुदायमा यस्ता खालका तालिमहरु अति आवश्यक र‌हे‌को‌ उदासले‌ बताइन् ।

Facebook Comments