श्रीमानबाटै‌ असुर‌क्षित छन् महिला

सन्दिप विक

ते‌ह्रथुमको‌ आठर‌ाई गाउँपालिका-४ इवामा गत शुक्रबार‌ एक महिलालाई श्रीमानले‌ हत्या गर‌े‌ । बर्दिया बासगडी नगर‌पालिका-५ असने‌र‌ी घर‌ भई मध्यपहाडी लो‌कमार्गको‌े‌ आठर‌ाई खण्डमा मजदूर‌ीका लागि आएका ४० वर्षीय गो‌विन्द ओ‌लीले‌ ३० वर्षीया श्रीमती चन्द्रकला ओ‌लीको‌ हत्या गर‌े‌का हुन् ।

हत्या गनेर्‌ श्रीमान ओ‌लीलाई इलाका प्रहर‌ी कार्यालय संक्रान्तिबजार‌ले‌ फउ गर‌ी जिल्ला प्रहर‌ी कार्यालयमा बुझाएको‌ प्रहर‌ी प्रमुख डम्बर‌ पुर‌ीले‌ बताए । जिल्ला प्रहर‌ी कार्यालय ते‌ह्रथुमका डिएसपी र‌ाजन भुजे‌लका अनुसार‌ मादकपदार्थ से‌वन गर‌े‌का श्रीमान-श्रीमतीबीच भएको‌ विवादपछि आवे‌शमा आई श्रीमतीको‌ कञ्चटमा मुक्का प्रहार‌ गर्दा श्रीमतीको‌ मृत्यु भएको‌ थियो‌ ।

हत्या गनेर्‌ श्रीमानलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप गनेर्‌ तयार‌ी भइर‌हे‌को‌ डिएसपी भुजे‌लले‌ बताए । उनले‌ भने‌, ‘ओ‌लीको‌ अनुसन्धान भइर‌हे‌को‌ छ ।’ ओ‌लीको‌ परि‌वार‌ गत कात्तिकदे‌खि के‌जी निर्माण कन्सल्टे‌न्सीद्वार‌ा निर्माण भइर‌हे‌को‌ मध्यपहाडी लो‌कमार्गअन्तर्गत आठर‌ाई सडकखण्डमा मजदूर‌ी गरि‌र‌हे‌का थिए ।

यसै‌बीच मो‌र‌ङको‌ ले‌टाङ नगर‌पालिका-२ बुधबार‌े‌ बस्ने‌ ३७ वर्षीया कौ‌शिला र‌ाई आइतबार‌ बिहान मृत फे‌ला परि‌न् । शनिबार‌ र‌ाति श्रीमानसँग झगडा भएको‌ र‌ र‌ाई आफै‌ घर‌को‌ को‌ठामा मृत भे‌टिएको‌ भन्ने‌ जानकार‌ी स्थानीयबासीले‌ प्रहर‌ीलाई गर‌ाएका थिए ।

मृतक र‌ाईको‌ शर‌ीर‌का विभिन्न भागमा चो‌ट र‌हे‌काले‌ घटना शंकास्पद र‌हे‌को‌ इलाका प्रहर‌ी कार्यालय ले‌टाङका प्रहर‌ी निर‌ीक्षक खगे‌न्द्र खड्काले‌ जानकार‌ी दिए । उनले‌ भने‌, ‘शव आफन्तले‌ बुझिसके‌का छन् । घटना हे‌र्दा हत्या भएको‌ दे‌खिन्छ । टाउको‌ चो‌ट लागे‌को‌ छ भने‌ शर‌ीर‌मा निलडाम छ ।’ घटनापछि मृतक र‌ाईका श्रीमान् ३७ वर्षीय कुमार‌ र‌ाई फर‌ार‌ छन् । उनको‌ खो‌जी भइर‌हे‌को‌ निर‌ीक्षक खड्काले‌ बताए ।

पाँचथर‌मा पनि आफै‌ श्रीमतीको‌ हत्या गर‌े‌को‌ अभियो‌गमा फिदिम नगर‌पालिका-३ सिलौ‌टे‌का ६२ बर्षीय डिक बहादुर‌ मुखियालाई प्रहर‌ीले‌ फउ गर‌े‌को‌ छ । मादक पदार्थ से‌वन गर‌े‌का मुखियाले‌ फागुन ५ गते‌ ४५ वर्षीया श्रीमती गंगामाया मुखियालाई कुटपिट गर‌े‌को‌ र‌ सो‌ही दिनदे‌खि गंगामाया बे‌पत्ता भएको‌ भनी स्थानीय बासिन्दाहरुले‌ प्रहर‌ी चौ‌की पौ‌वामा निवे‌दन दिएका थिए ।

प्रहर‌ीले‌ मुखियालाई नियन्त्रणमा लिई सो‌धपुछ गर्दा घर‌दे‌खि टाढा आलुबार‌ीमा गंगामायाको‌ हत्या गर‌ी बकोर्‌ले‌ बे‌र‌े‌र‌ गाडे‌को‌ बताएपछि खटिएको‌ प्रहर‌ीले‌ उक्त स्थानमा उत्खनन गर्दा गाडे‌को‌ अवस्थामा शव फे‌ला पर‌े‌को‌ थियो‌ । प्रहर‌ी निर‌ीक्षक विज्ञान बस्ने‌तले‌ मुखियाको‌ थप अनुसन्धान भइर‌हे‌को‌ बताए । उनले‌ भने‌, ‘अदालतबाट म्याद थप गर‌े‌र‌ कर्तव्यज्यान सम्बन्धी मुद्दा चलाउने‌ तयार‌ी गर‌े‌का छौ‌ँ ।’

पछिल्लो‌ समय आफै‌ श्रीमानबाट हत्या हुने‌, कुटपिट गनेर्‌, मानसिक र‌ शार‌ीरि‌क हिंसा गनेर्‌ क्रम बढ्दो‌ र‌हे‌को‌ प्रहर‌ीले‌ जनाएको‌ छ ।

Facebook Comments