विद्यार्थीलाई खगे‌न्द्र पदमर‌त्न छात्रवृत्ति

उर्लाबार‌ी । झापाको‌ दमक-१० स्थित सिंहदे‌वी माध्यमिक विद्यालयका १७ जना विद्यार्थीलाई खगे‌न्द्र पदमर‌त्न छात्रवृत्ति प्रदान गरि‌एको‌ छ ।
आइतबार‌ एक कार्यक्रमका बीच दमक नगर‌पालिकाका प्रमुख र‌ो‌मनाथ ओ‌लीले‌ छात्रवृत्तिबापतको‌ र‌कम र‌ प्रमाणपत्र विद्यार्थीलाई हस्तान्तर‌ण गर‌े‌का हुन् । आफा बुवाआमाको‌ नाममा उर्लाबार‌ी क्षे‌त्रका व्यवसायी विनो‌द न्यौ‌पाने‌ले‌ उक्त छात्रवृत्ति को‌षको‌ स्थापना गर‌ी २०६७ सालदे‌खि निर‌न्तर‌ विद्यार्थीलाई प्रदान गदैर्‌ आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमे‌त र‌हे‌का प्रमुख ओ‌लीले‌ शै‌क्षिक क्षे‌त्रको‌ विकासका लागि नगर‌पालिका लागि र‌हे‌को‌ बताउँदै‌ गुणस्तर‌ीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयहरु अग्रसर‌ र‌हनु पनेर्‌मा जो‌ड दिएका छन् । कार्यक्रममा दमक नगर‌पालिका वडा नम्बर‌ १० का वडाध्यक्ष बो‌धर‌ाज न्यौ‌पाने‌, शिक्षा विभाग प्रमुख शालिकर‌ाम काफे‌, दमक क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टर‌ाई, स्रो‌तव्यक्ति गणे‌श पौ‌डे‌ल, विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद सुवे‌दी, उर्लाबार‌ी जे‌सीजका अध्यक्ष सचिन शाक्य, छात्रवृत्ति अक्षयको‌षका संस्थापक खगे‌न्द्र न्यौ‌पाने‌लगायतले‌ बो‌ले‌का थिए । उनीहरुले‌ विद्यार्थीलाई अध्ययनलाई पहिलो‌ प्राथमिकता र‌ाखे‌र‌ अघि बढ्न सुझाव दिएका छन् । निजी विद्यालयको‌ तुलनामा सामुदायिक विद्यालयहरु पनि र‌हे‌को‌ उल्ले‌ख गदैर्‌ सामुदायिक विद्यालयको‌ गुणस्तर‌ वृद्धिमा ध्यान दिनुपनेर्‌मा उनीहरुको‌ जो‌ड छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद खनालको‌ सभापतित्वमा भएको‌ थियो‌ ।

Facebook Comments