‘द भ्वाइस अफ नेपाल’को घोषणा

विश्वको चर्चित रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यो रियालिटी शो नेपाल भित्रन लागेको जानकारी दिइयो । असारबाट यो शो टेलिभिजिनमा प्रशारण हुनेछ ।

यसअगाडि ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले यसको निर्देशन गर्दैछन् । प्रलादसिंह ठकुरी एमेडी रहेको यो शोमा फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशकको रुपमा छन् । ‘नेपाल आइडल’ होस्ट गरेका सुशिल नेपालले यो रियालिटी शो संचालन गर्नेछन् ।

शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् । विजेतालाई ‘भ्वाइस अफ नेशन’ घोषणा गरिनेछ । बिजेताले नगद २५ लाख, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको संझौता र विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

 

 

source : onlinekhabar.com

Facebook Comments

2 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google