विदेशमा नेपाल चिनाउँदै ‘पार्कर’ दिनेश सुनार (भिडियोसहित)

लोकनाथ रिजाल

दमक, चैत ७ । नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका २४ वर्षीय दिनेश सुनार यति बेला अमेरिकामा चर्चाका पात्र बन्दै गएका छन् ।

व्यावसायिक तथा अब्बल पार्करका रुपमा दिनेश आफमात्र चिनिएका छैनन्, उनले नेपालको नाम पनि चिनाइरहेका छन् । उनले ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्टअन्तर्गत गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाइसकेका छन् । उनले यसअघिको एक मिनेटमा १५ चोटिको ब्याक फिप्टलाई तोड्दै १८ चोटिको रेकर्ड बनाएका छन् । वर्ल्ड फिनिङ पार्कर फेडेरेसनमार्फत उनी हाल अमेरिकामा तालिम गरिरहेका छन् । तालिममा रहँदा पनि उनले आफ्नो कौशल प्रस्तुति दिइरहेका छन् ।

जनवरीमा अमेरिकाको फोरिडामा भएको युएसए पार्कर रनिङ कपमा विभिन्न चरण पार गर्दै ८० जना प्रतिस्पर्धीहरुबीच आफाई आठौँ स्थानमा र्पुयाउन सफल भएका छन् । उनी भन्छन्, ‘बिना कुनै तालिम नेपालबाट आएर अमेरिकामा यत्तिको स्थान बनाउन सक्दा आफाई नै खुसी लागेको छ । अझै केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’ उनलाई अहिले अमेरिकामा सबैले नेपाली पार्कर भनेर चिन्न थालेका छन् ।

उनका अनुसार नेपालमा पनि यस्तो पार्कर रहेछ भन्दै अचम्म मान्ने गरेका छन् । वर्ल्ड फिनिङ पार्कर फेडेरेसनका प्रेसिडेन्ट डेबिड थोमसमले आफाई तिमी धेरै माथिसम्म जान सक्छौ भन्दै सधैँ राम्रो हौसला दिने गरेको उनले बताए । सातआठ वर्षको उमेरदेखि नै उनले जिम्न्याष्टिक गर्न सुरु गरेको बताए । उनले काठमाडौँमा पाँच वर्षसम्म रहँदा जडिबुटीको बालुवा खानीमा उफिे गरेको सम्झिए । त्यसबेला उनका साथी सुवेश थापाले नै उनलाई यसका लागि एकदमै उत्प्रेरणा दिएका थिए । पछि उनी आफ्नै गाउँ फर्किए ।

गाउँमा आफाई खेल्न उपयुक्त ठाउँ नरहे पनि उनले साथीभाइलाई भेला पारेर खाल्डो खनी त्यसमा पराल लगाएर खेल्ने गरेको सुनाए । उनले भने, ‘मलाई नउफ र नकुदी बस्नै नसक्ने एक प्रकारको लत बसिसकेको थियो । त्यही भएर यसलाई मैले जस्तोसुकै हालतमा पनि निरन्तरता दिएँ ।’ गाउँमा आयोजना हुने सत्यनारायणको पूजादेखि लिएर विभिन्न कार्यक्रमहरुमा उनले आफो कला प्रस्तुत गरिरहे । तत्कालीन सशस्त्र प्रहरी प्रमुख सनत बस्नेतले आफा बुवाको स्मृतिमा गाउँमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कौशल प्रस्तुत गरेपछि उनको जीवनको ट्रनिङ पोइन्ट सुरु भएको थियो । उनको कलामा बस्नेतको आँखा पुग्यो ।

बस्नेतले दिनेशलाई एपिएफको प्रधान कार्यालय हलचोक ल्याए । त्यसपश्चात दिनेश एपिएफमा भर्ना भएका थिए । एपिएफको तालिमसँगै उनको ‘पार्कर’ अरु निखारता आयो । अहिले उनी नेपाल एपिएफमा एक सफल पार्कर खेलाडीको रुपमा प्रसिद्ध छन् । उनले एपिएफमा जागिर खाएको अहिले ६ वर्ष पूरा भइसकेको छ । उनले ६ वर्षको दौरानमा थुप्रै प्रतियोगितामा सहभागी भएर मेडलसमेत जित्न सफल भएका छन् ।
नेपाली चलचित्र हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भूमिका निर्वाह गरिसकेका छन् । उनले बलिउडमा समेत काम गर्न भ्याएका छन् । बलिउड मुभी दशमा दममा उनले काम गरेका हुन् । यही कलाका कारणले फिल्म नगरीमा पनि उनको माग बढ्दो छ । कोरस फाइटका लागि अफर आउने गरेको दिनेशले बताए । आर्थिक अवस्था कमजोर भएका कारण सुरुसुरुमा घरपरिवारमा बुवाआमाले विदेश जान हत्ते गरे पनि अहिले भने त्यस्तो नगर्ने गरेको सुनाए । नेपालमा पार्करलाई सरकारले खासै महत्वका साथ हेर्ने नगरेको उनको गुनासो छ । आफे अब सक्दो मेहनत गरेर देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने एक मात्र लक्ष्य रहेको दिनेशले बताए । दिनेश नेपालबाट अन्तर्राष्ट्रिस्तरको प्रतियोगितामा सहभागी हुने एक मात्र खेलाडी रहेका छन् ।

Facebook Comments