खुदुनाबारीमा मिनी मेला सुरु

शनिश्चरे, चैत  । अर्जुनधारा-२ स्थित खुदुनाबारी बजारमा बुधबारदेखि रमाइलो मेला सुरु भएको छ ।

स्थानीय वर्देश्वर शिवालय मन्दिरको अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले १२ दिने मेला सञ्चालन गरिएको आयोजक खुदुनाबारी युवा समूहले जनाएको छ । मेलाको उद्घाटन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य खतिवडाले मुल गेटको रिबन काटेर गरिन् ।

बैशाख २ गते समापन हुने मेलामा राष्ट्रियस्तरका कलाकारले आफा प्रस्तुति गर्ने मेलाको ठेकेदार पर्वत लामाले बताए । उनका अनुसार मेला अवधिमा करिब २२ लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको छ । साउदी जेलमा रहेका माई नगरपालिकाका प्रेमबहादुर राईलाई बचाउन मेलाबाट पनि आर्थिक सहयोग संकलन गरिने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवनाथ पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा समाजसेवी ढुण्डीराज गौतमले स्वागत गरेका थिए भने स्वागत गीत कलाकार सन्तोष आलेले प्रस्तुत गरे । कार्यक्रममा २ र ३ नम्बर वडाका अध्यक्ष रघुनाथ खनाल, जीवन भण्डारी लगायतले बोलेका थिए । उद्घाटनका अवसरमा छोटो समयमा चर्चित बनेकी मेलिना राईले आफो प्रस्तुति दिएकी थिइन् । मेलामा शिव परियार, ज्योति मगरलगायत चर्चित कलाकार आउने भएका छन् ।

Facebook Comments