‘ब्रान्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एन्ड माइग्रेसन कर्नर’ को ‘ब्रान्ड एम्बेस्डर’ का रुपमा नियुक्त भएकी छन् । उनलाई एक वर्षका लागि एजुकेशन एन्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो ।
अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आप्mनै विशिष्ट पहिचान बनाएको संस्थासँग आबद्ध हुन पाउँदा खुसी महसुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एन्ड माइग्रेसन कर्नर’ का विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।
अभिनेता साम्राज्ञी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ यही चैत २३ गते आजबाट देशैभर प्रदर्शनमा हुँदैछ । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलतापछि यतिबेला उनको चर्चा र डिमान्ड अन्य अभिनेत्रीभन्दा माथि छ ।

Facebook Comments