‘जनअदालतको तयारीमा छु’

झापाको बिर्तामोडमा एफएलएफ अवार्ड २०७४ शुक्रवार वितरण हुँदैछ । लिम्बू फिल्म र म्युजिक भिडियोलाई संयुक्त रुपमा समावेश गरिएको यस अवार्डलाई फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लिले आयोजना गरेको हो । चलचित्र निर्देशक दिनेश लिङ्देन आयोजक संस्थाको प्रबन्ध निर्देशक समेत हुन् । फिल्म र म्युजिक भिडियो गरी गरी ३३ वटा विधामा अवार्ड वितरण गर्न लागिएको हो । प्रस्तुत छ यसै विषयलाई लिएर चलचित्र निर्देशक तथा फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिका प्रबन्ध निर्देशक दिनेश लिङ्देनसँग कला संयोजक रमेश तिवारीले गरेको कुराकानी:

हाल केमा व्यस्त हुनुहुन्छ ?
हाल म एफएलएफ अवार्ड वितरणको काठमाडौँबाट बिर्तामोडमा आइपुगको छु । नयाँ फिल्म ‘जनअदालत’ को पनि तयारी भइरहेको छ । यो अवार्ड वितरणपछि चलचित्रमा व्यस्त रहनेछु ।

एफएलएफ अवार्ड कस्तो खालको अवार्ड हो ?
यो अवार्ड चाहिँ विशुद्व लिम्बू भाषा संस्कार संस्कृतिमा बनेको चलचित्र तथा म्युजिक भिडियोको अवार्ड हो । स्वच्छ प्रतिस्पर्धाबाट आफ्न ो भाषा संस्कृति संस्कारसँगै गीत संगीतलाई पनि बचाऔँ भन्ने ध्येयका साथ यो अवार्डको आयोजना गरिएको हो ।

अवार्ड वितरण गर्ने सोच चाहिँ कसरी बनाउनुभयो ?
यो अहिलेको आवश्यकता हो । आफ्नो अस्तित्व, पहिचान, भाषा, संस्कृति, लिपिको लागि, आफ्नो कुल वंशको लागि सबैले आआफ्ना अभियान लिएर हिँडेका छन् । यो सकरात्मक ढंगको राम्रो अभियान हो । यसले लिम्बू समुदायमा केही प्रेरणा दिने आशा गरेको छु ।

यस्ता खालका अवार्डहरुमा पैसाको चलखेल पनि हुन्छ भन्छन् नि ?
नेपाली चलचित्र उद्योग तथा म्युजिक भिडियो अवार्डमा केही यस्ता हल्लाहरु हुन्छन् । यो चाहिँ केही सशंकित मान्छेहरुको अभिव्यक्ति हो । अवार्ड गर्ने आयोजकहरुले पक्कै त्यसो गर्दैन । यस्ता हल्लाहरुको पछि नलागेकै राम्रो ।

यो कार्यक्रमका लागि पैसाको जोहो चाहिँ कसरी गर्नु भएको छ ?
गाडी चढ्ने भएपछि भाडा त तयार पार्नै र्पयो । अवार्ड गर्ने भनिसकेपछि आफपूर्वतयारी अवस्थामा रहनुपर्छ । यो सबै जुटाएरै अघि बढेको छु ।

एफएलएफ अर्वाडलाई निरन्तरता दिनुहुन्छ ?
मैले यो अर्वाड वितरण कार्यक्रमलाई २०७३ सालदेखि स्थापना गरेको हो । अहिले दोस्रो संस्करण हुँदैछ । यो एउटा व्यक्ति कम्पनीले गरेको हो तर पनि धेरै संघसंस्था तथा शुभचिन्तकहरुले समर्थन गरेका कारण म यो अवार्ड वितरणलाई निरन्तरता दिनेमा प्रतिबद्व छु ।

अवार्ड वितरण किन मोफसल रोज्नुभयो ?
मोफसलभन्दा पनि लिम्बूहरुको थाकथलो यही भूगोल भएका कारण प्रभावकारी हुन्छ भन्ने धारणाका साथ यो अवार्ड वितरण यहाँ गर्न लागेको हो ।

कुन विषयलाई आधार बनाएर अवार्ड प्रदान गर्नुहुन्छ ?
चलचित्र तथा म्युजिक भिडियोहरुमा हुने प्राय: सबै विधाहरुलाई समेटिएको छ । भाषा, कला, संस्कृति र भेषभुषालाई आधार बनाएर हामीले नोमिनेसन गरेका छौँ । यसैको आधारमा हामी वितरण गछौर्ं ।

तपाईँका रोजाइमा कस्ता खालका चलचित्रहरु पर्ने गरेका छन् ?
म यो क्षेत्रमा दुई दशकदेखि निरन्तर छु । मैले निर्माण गरेको पहिलो चलचित्र ‘क्राइम’ हो । त्यसपछि ‘कावेली’ निर्माण गरे । व्यापारिक हिसाबमा यी खासै धेरै माथि जान सकेन । अब दुईवटा चलचित्र ‘दु:साहस’ र ‘शान्ति’ रिलिज गर्ने तयारीमा छु । सँगै अर्को चलचित्र ‘जनअदालत’ को पनि छायाँकनको तयारी भइरहेको छ ।

२० वर्षअघि र अहिले नेपाली चलचित्रको अवस्था कस्तो छ ?
नेपाली चलचित्र क्षेत्रले छर्लङ्ग मारेको छ । विशेषगरी प्रविधिले छलाङ्ग मारेको हो । तर चलचित्रकर्मीहरुले भने खासै छलाङ्ग मार्न सकेको छैन । त्यसलाई पछ्याउने क्रम बढिरहेको छ । पुरानाभन्दा नयाँ चलचित्रकर्मीहरु टेक्नोलोजीमा अब्बल छन् ।

कस्ता खालका चलचित्र नेपाली बजारमा बिक्छ ?
आफदर्शक भएर भन्नु पर्दा नेपाल र नेपालीपन बोकेको, यहाँको कला संस्कृति, भूगोल, राष्ट्र राष्ट्रियता लेपन भएका चलचित्रहरु नै आम दर्शकको रोजाइमा पर्ने गरेका छन् । विदेशी संस्कार र आडम्बरलाई फलो गरेका चलचित्रहरु चल्दैनन् ।

Facebook Comments