आर्मीको लज्जास्पद हार, थ्रिस्टारले जित्यो विराटगोल्ड कपको उपाधि

विराटनगर, चैत २६ । विराट गोल्डकपको उपाधि थ्रिस्टार फुटवल क्लवले उचालेको छ । सोमबार भएको फाईनल प्रतिस्पर्धामा त्रिभुवन आर्मीलाई ३—० गोल अन्तरले हराउँदैं थ्रिस्टारले उपाधि उचालेको हो । थ्रिस्टारलाई उपाधि जिताउनका लागि अनन्त तामाङ १  र बिमल घर्ति मगरले २ गोल गरे ।

जितसँगै थ्रिस्टारले  १२ लाख ७१ हजार ट्रफि पाएको छ भने उपविजेताले आर्मीले  पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कारमा चित्त बुझाएको छ ।

Facebook Comments