चोरीको १७ वटा मोबाइल बरामद, ५ जना समातिए

काठमाडौं ,चैत २७ । काठमाडौं प्रहरी परिसरले चोरीका १७ थान मोबाइल्सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी, देउमाडौं नपा- ५ का १७ वर्षीय कविन्द्र बोहरा, सुनसरीको भोटेपुल-१६ का २९ वर्षीय विनोद गुरूङ, सिन्धुली, डकाहा-२ का १७ वर्षीय कान्छा थापा मगर, सिन्धुली, डकाहा-२ का २० वर्षीय कुमार थापामगर र सिन्धुपाल्चोक, मानेश्वर न.पा-१ का ४५ वर्षीय देबबहादुर राउत छन् । हाल उनीहरु काठमाडौंको चन्द्रगिरी नगरपालिका-११ सतुङ्गल बस्दै आएका थिए ।

काठमाडौंका विभिन्न रुटमा चल्ने सवारी साधन, भिडभाड हुने स्थानहरु, एकान्त सार्वजनिक बाटो तथा प्रतिक्षालयहरुबाट विभिन्न समयमा भएको चोरीको मोबाइलसहित उनीहरुलाई महानगरीय प्रहरी प्रभाग, बलम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

onlinekhabar.com

Facebook Comments