बाख्रापालनबाट वार्षिक पाँच लाख

अर्जुनधारा, चैत । नेपालमा रोजगारको अवसरहरु नभएको भन्दै आजका युवाहरु विदेशिने संख्या बढ्दो रुपमा रहेको छ । तर, इच्छाशक्ति राख्ने र परिश्रम गर्नेले स्वदेशमै राम्रो आम्दानी गर्न सक्ने उदाहरण बनेका छन् अर्जुनधारा १० का राजु ढुंगेल ।

विगत तीन वर्षदेखि बाख्रापालन गरेका ढुंगेलले सातवटा बाख्रावाट व्यवसाय सुरू गरेका थिए । सोही बाख्राबाट वृदि हँुदै हाल ६० वटा बाख्रा रहेको ढुंगेलले बताए । एक लाख २० हजार रूपैयाँको लागतमा सुरू गरेको व्यवसायबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्छन् उनी । त्यस्तै, बाख्राका पाठी प्रतिकेजी ४०० र पाठा प्रतिकेजी ६०० मा बिक्री गरेर ढुंगेलले मनग्य आम्दानी गरेका छन् ।

आफै जग्गामा व्यवस्थित तरिकाले खोर बनाई बाख्रापालन गरेका ढुंगेलले १५ कठ्ठा जग्गामा जौँ, मकै, जुनेला आदि घाँसहरू लगाएका छन् । आफर आफो परिवार मिलेर बाख्रापालन गरेका ढुंगेल बताउँछन् । ‘हामी सातजनाको परिवारलाई बाख्रापालनबाट घर चलाउन र बच्चालाई उचित शिक्षा दिन निक्कै सहज भएको छ ।’ मेहनत गर्दा स्वदेशमै सुन फलाउन सकिन्छ भन्छन् उनी । आफै परिवारका साथ आफै भूमिमा कम लगानीमा व्यवसाय गर्दा विदेशमा भन्दा मनग्य आम्दानी हुने उदाहरण बनेको छ बाख्रापालन ।

Facebook Comments