चलचित्र ‘भैरे’ नेपाल र अमेरिकामा एकसाथ प्रदर्शनमा आउने

काठमाडौं । हालै निर्माण सम्पन्न नेपाली कथानक चलचित्र ‘भैरे’ आगामी जुन १ देखि नेपाल र अमेरिकामा एकसाथ प्रदर्शन सुरु हुने भएको छ । चलचित्रका दुई गीत ‘सनम माया लाको…’ र ‘सान्नानीलाई भेटन आउदा …’बोलका गीतले युट्युवमा १० लाख माथि भ्युअर्स पाएको अवसरमा अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा निर्माण पक्षले सो को जानकारी गराएको हो ।

‘सार्वजनिक भएको छोटो समयमा नै फिल्मका दुवै गीतले पाएको चर्चा र दर्शकको मायाले आफूहरुलाई उत्साहित बनाएको छ’ निर्माता प्रेम पौडले भने, ‘फिल्मको कथा सवैभन्दा सवल पक्ष हो ।’

नायक विक्रान्त बस्नेतले लामो समयपछि नेपाली दर्शकले एक मौलिक नेपाली चलचित्रको स्वाद लिन पाउने बताए ।“‘कथा, संवाद, विषयवस्तु, छायांकन, गीत, संगीत र पात्र चयन सवै हिसावले भैरे अर्गानिक नेपाली चलचित्र हुनेछ” नायक बस्नेतले भने “ ‘भैरेले हरसम्भव दर्शकलाई न्याय दिने कोशिस गरेको छ ।” बस्नेत एक दशकपछि नेपाली चलचित्र क्षेत्रमा पुनरागमन भएका हुन ।

दयाहांग राईको मूख्य भूमिका रहेको ‘भैरे’ को निर्देशन सुर्य बोहराले गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, बसन्त सापकोटा, अर्जुन पोखरेल र गायक यम बरालको संगीत रहेको चलचित्रमा दयाहाङ्ग र विक्रान्तको अलवा सुनिल थापा, वर्षा शिवाकोटी, बुद्धि तामांग, सविता गुरुङ्ग, जयानन्द लामा, जान्हवी गुरुङ्ग, कुमारी लामा लगायतको अभिनय हेर्न पाइने छ ।

 

 

 

 

source : http://baahrakhari.com

Facebook Comments