मिस एसइइमा छानिए १८ किशोरी

बिर्तामोड, चैत  । एजुकेशन एन्ड माइग्रेसन कर्नर मिस एसइइ प्रोविन्स वानको पहिलो छनोट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगी छनोटमा परेका छन् ।

सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनोट गरिएको आयोजक ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । एजुकेशन एन्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते विराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा समेत छनोट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिए । योपटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगीलाई सहभागी गराउने उद्देश्य आयोजकले राखेको छ ।

छनोट कार्यक्रमको निर्णायकमा आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी, सञ्चारकर्मी सुभला तामाङ, ग्रुमिङ डाइरेक्टर निलम गुरुङ, मिस एसइइ २०१७ की फट रनरअप रिया आचार्य र एजुकेशन एन्ड माइग्रेसन कर्नरका बिर्तामोड शाखा व्यवस्थापक अग्नि प्रसाइर्ं रहेका थिए । प्रतियोगिताको बन्दसत्र आगमी बैशाख दोस्रो साताबाट सुरु हुनेछ । मिस एसइइलगत्तै ड्रिम्स वर्ल्डकै ब्यानरमा हुन लागेको मिस मेचीको अडिसन समेत बुधबारै गरिएको छ । जसमा ८ जना युवती छनोटमा परेका छन् ।

Facebook Comments