युवा नेता लक्ष्मण खड्काको निधन

बिर्तामोड, चैत ३० । नेपाली कांग्रेस झापा सचिव लक्ष्मण खड्काको निधन भएको छ । बिहीबार राति भारतको दिल्लीमा उनको ४६ वर्षको उमेरमा निधन भएको हो ।

फोक्सो सम्बन्धी समस्याका कारण एक महिनाअघि उनलाई थप उपचारका लागि भारतको दिल्ली लगिएको थियो । दिल्लीमा उपचारकै क्रममा उनको निधन भएको हो ।

युवा नेता खड्का प्रदेश सभा निर्वाचनमा समेत उम्मेदवार बनेका थिए । महेन्द्र रत्न मावि अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका खड्का लोकप्रिय युवा नेताका रुपमा स्थापित थिए ।  उनको जन्म २०२८ साल असार ५ गते भएको थियो ।

उनको शव ३ बजे झापा बिर्तामोड-३, बिर्ताबजारस्थित निवासमा ल्याइने पारिवारिक स्रोतले जनाएको छ । उनको परिवारमा श्रीमती, एक छोरा, एक छोरी छन् ।

Facebook Comments