राजघाट हङकङ समाजबाट क्यान्सर पीडितलाई २ लाख ३४ हजार ९ सय सहयोग

उर्लाबारी वैशाक १ गते । राजघाट हङकङ समाज हङकङले उर्लाबारी—९ खोपिँडाडा निवासी क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि २ लाख ३४ हजार ९ सय २ रुपैंया आर्थिक सहयोग गरेको छ । आर्थिक अभावले पार्वताको उपचारमा समस्या भएको समाचार बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जालमा आएपछि राजघाट समाज हङकङका अध्यक्ष टिका लिम्बूको अग्रसरमा सहयोग रकम संकलन गरिएको थियो । हङकङबाट पठाइएको उक्त रकम पत्रकार तेजन खड्काले पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गरे । हङकङमा समाजका अध्यक्ष टिका लिम्बू, जिवन पोमु लगायतले आर्थिक संकलन गरेका थिए । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो,रकम पाएपछि छोरी रेनुकाले भनिन्, अहिले हजुरहरुको सहयोगले आमाको उपचार भईरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौ । ’
हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
यसैबिच पार्वताको उपचारका लागि उर्लाबारी—९ निवासी समाजसेवी सुन्दर श्रेष्ठले पनि नगद १० हजार रुपैंया सहयोग गरेका छन् ।
गाउँघरको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताए ।
यसअघि हङकङबाट याम सेम्बुले अगुवाई गरेर आफन्त साथीभाई शुभेच्छुकबाट नगद २ लाख , मकाउबाट गीता मगर शेर्पाले आफु र साथीभाईबाट नगद ८० हजार ८ सय ८८ र मकाउबाटै गोपाल थापाले अगुवाई गर्दै ३१ हजार ३ सय ६० रुपैंया सहयोग गरिसकेका छन् ।
देशविदेशमा पार्वताको उपचारका लागि सहयोग रकम जुटिरहेको छ ।

Facebook Comments