समाजसेवी श्रेष्ठबाट क्यान्सर पीडित पार्वतालाई आर्थिक सहयोग

उर्लाबारी वैशाक १ गते । उर्लाबारी—९ खोपिँडाडा निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले क्यान्सर रोगबाट पीडित पार्वता लिम्बूको उपचारका लागि नगद १० हजार रुपैंया सहयोग गरेका छन् । भक्तपुर क्यान्सर हस्पिटलमा पुगेर पार्वताकी छोरी रेनुकालाई उक्त रकम श्रेष्ठले हस्तान्तरण गरे । उनले पार्वतालाई भेटगरी स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरेका छन् । गाउँघरको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताए । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको थियो,रकम पाएपछि छोरी रेनुकाले भनिन्, अहिले हजुरहरुको सहयोगले आमाको उपचार भईरहेको छ । सहयोगीदाता सबैमा धन्यवाद दिन चाहान्छौ । ’
हाल पार्वताको उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

Facebook Comments