दृष्टिविहीनलाई झुल र सेतोछडी प्रदान

भद्रपुर, वैशाख १ । झापा नेत्रहीन संघले शुक्रबार एक कार्यक्रमका बीच दृष्टिविहीनलाई झुल तथा सेतोछडी वितरण गरेको छ ।

नेत्रहीन संघ झापाका अध्यक्ष द्रोणाचार्य निरौलाको अध्यक्षता तथा झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टाइमलेस संस्थाका अध्यक्ष दिपेन्द्र बस्नेत, छविलाल खतिवडा, सृजना बरालले शुभकामना मन्तव्य राखेका थिए ।

२० जना दृष्टिविहिनहरुलाई झुल तथा सेतोछडी वितरण गरिएको कार्यक्रममा २ दृष्टिविहीन विद्यार्थी पवित्रा तामाङ र मुना भट्टराईलाई एक वर्षसम्मका लागि चहिने अध्ययन खर्च १८ हजार रुपैयाँका दरले छात्रवृत्ति समेत प्रदान गरिएको थियो । छात्रवृत्ति शारदादेवी अग्रवाल र सकुन्तलादेबि अग्रवालको स्मृतिमा राजेन्द्रकुमार अग्रवालले प्रदान गरेका हुन् । संस्थाका उपाध्यक्ष दिपक थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रप्रसाद भट्टराईले गरेका थिए ।

Facebook Comments