बुद्धशान्तिमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम

बुधबारे, वैशाख १ । बुद्धशान्ति १ मा ६ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ । महिला छाता संगठन बुद्धशान्ति १ साविक बुधबारे ६ ले आयोजना गरेको तालिम एक कार्यक्रमको आयोजना गर्दै सकिएको हो ।

संगठनकी अध्यक्ष गीता खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ की महिला सदस्य यमुना चापागाईको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी ४९ जनालाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

लक्ष्मी प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाई, विशेष अतिथि प्रशिक्षक गोपाल काफ्ले, अनिल वाग्ले, हरिकृष्ण भण्डारी, सहभागी प्रश्ािक्षार्थीहरु मुना खनाल, जमुना ढकाल लगायतले मन्तव्य राखेका थिए ।

ग्ाोपाल काफ्ले, अनिल वाग्ले, हरिकृष्ण भण्डारी र सरोज पौड्याल प्रशिक्षक रहेको कार्यक्रमको सहजीकरण गोकुल पौड्यालले गरेका थिए । समापन कार्यक्रममा बोल्दै सहभागीहरुले कार्यक्रम फलदायी रहेको बताएका थिए । सो अवसरमा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Facebook Comments