‘सञ्जु’मा रणवीर कपुरका भिन्न-भिन्न लुक्स

राजकुमार हिरानी चलचित्रमा भावना खोज्छन् । यसैले, उनले निर्देशन गरेका चलचित्रहरुले बक्स अफिसमा राम्रो व्यापार मात्र गर्दैन्, लामो समयसम्म दर्शकको दिमागमा कब्जा समेत जमाउँछ । चलचित्र ‘पीके’पछि अब हिरानी नयाँ चलचित्र लिएर दर्शकमाँझ आउँदैन् ।

बलिउडका चर्चित नायक संजय दत्तको बायोपिक चलचित्रको फस्टलुक आज सार्वजनिक भएको छ । चलचित्रको नाम ‘दत्त बायोपिक’ भनेर खबर आइरहेपनि फस्टलुकमा नाम समेत सार्वजनिक भएको छ । जुन २९ देखि रिलिज हुने चलचित्रको नाम ‘सञ्जु’ राखिएको छ।

यो चलचित्रको मुख्य भूमिकामा नायक रणवीर कपुरले काम गरेका छन् । चलचित्रको फस्टलुकमा रणवीरका विभिन्न लुक्स देखाइएको छ । फस्टलुक झट्ट हेर्दा दर्शकले रणवीर कपुरलाई संजय दत्त सोच्न सक्छन् । रणवीरको यो परिवर्तन साच्चै लोभलाग्दो छ ।

 

onlinekhabar.com

Facebook Comments