१० विद्यार्थीको अभिभावकत्व सुन्दरलाई

उर्लाबारी, वैशाख । सामुदायिक विद्यालयमा उत्साहका साथ विद्यार्थी भर्ना अभियान चलिरहेको बेला त्यसमा सहयोग र्पुयाउँदै उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले निम्न आयस्रोत भएका परिवारका १० जना विद्यार्थीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफे बेहोर्ने भएका छन् ।

स्थानीय प्रभात निमाविमा कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै पठनपाठनमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा श्रेष्ठले लिएका हुन् । विद्यालयमा भएको अभिभावक शिक्षकको भेलामा श्रेष्ठले विद्यार्थीको पठनपाठनमा लाग्ने लत्ताकपडा, झोला, स्टेशनरी लगायत सम्पूर्ण खर्च बेहोर्ने बताए । पठनपाठनमा मन भएका तर विपन्न परिवारका विद्यार्थीलाई आफे सहयोग गरेको श्रेष्ठले बताए ।

आफरुले निम्नस्तरको परिवारमा रहेका विद्यार्थीको नाम दिएको र श्रेष्ठले उनीहरुको पठनपाठनमा छात्रवृत्ति उपलब्ध गराएर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मोहन चापागाइर्ंले जानकारी दिए । चापागाइर्ंका अनुसार यसरी छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भूमिका खतिवडा, ओसिन मारापाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन् । उनीहरुको वर्षभरिमा अध्ययनमा कति खर्च लाग्छ, त्यसको खाका बुझाउने र श्रेष्ठले सोहीअनुरुप सहयोग गर्ने विद्यालयका अध्यक्ष रुद्र सुब्बाले बताए ।

चापागाईंका अनुसार श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइनुदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रङरोगन गरिदिएका थिए ।

Facebook Comments