अश्लील क्रियाकलाप गर्ने बिर्तामोडबाट नौजना पक्राउ

बिर्तामोड, वैशाख १३ । प्रहरीले झापा बिर्तामोडस्थित कृषिथोक दक्षिणमा रहेको आँगन होटल एन्ड लजबाट अश्लील क्रियाकलापमा संलग्न नौजनालाई पक्राउ गरेको छ । रामेश्वर दिवेदीले सञ्चालन गरेको सो होटलमा अनैतिक गतिविधि हुने गरेको सूचनाका आधारमा छापा पारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

होटलमा भेला भई हुल हुज्जत गरी अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा बुधबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले बुद्धशान्ति २ बस्ने वर्ष २५ का अभिषेक चम्लागार्इं, भारत ठाकुरगञ्ज सहुडाँगी किसनगंज बस्ने वर्ष ३० का धीरजकुमार राय, सोही ठाउँका वर्ष ३५ का चन्दनकुमार सिन्हा, वर्ष २६ का गौतमकुमार सिंह, वर्ष ४० का अब्दुल सुभान, झापा बुद्धशान्ति १ बस्ने वर्ष ४२ का निर्मल घिमिरे, हल्दिबारी ३ बस्ने वर्ष २२ की सुजता तामाङ, भारत सिलिगुडी सालबाडी बस्ने वर्ष २४ की निमा शेर्पा, दमक ९ बस्ने वर्ष २४ की आशिका कोइरालालाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो ।

पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा तिरुपति होटलका सञ्चालक अर्जुन रसाइली र दिपक पाँचकोटीसमेतको मिलेमतोमा निमा शेर्पा, आशिका कोइराला र सुजता तामाङलगायत विभिन्न स्थानाट आएका पुरुषसँग यौनधन्धा गर्ने उद्देश्यले भेला भएको खुल्न आएकाले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय झापाबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

Facebook Comments