यातायातका सिन्डिकेट संगठनको खाता रोक्का, व्यवसायीको सम्पत्ति पनि अनुसन्धानमा पर्ने

काठमाडौं : गृहमन्त्रालयले सार्वजनिक सवारी संचालन नगर्ने यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने अर्थमन्त्रालय मार्फत् राष्ट्र बैकलाई पत्राचार गरेको छ।

आज दिउँसो गृहमन्त्रालयमा गृहमन्त्री, भौतिक पूर्वधारमन्त्री, राष्ट्र बैकका गभर्नरको संयुक्त बैठकले यस्तो निर्णय गरेको गृहका एक अधिकारीले जानकारी दिए। त्यस्तै सार्वजनिक सवारी संचालन गर्ने अनुमति लिएका साविकका यातायात व्यवसायी समिति र महासंघका पदाधिकारीको विवरण लिइ सम्पत्ति शुद्धिकरण विभागबाट छानविन गर्ने समेत गृहमन्त्रीले निर्देशन दिए।

बैठकमा गृहमन्त्री थापाले सरकार यातायात व्यवसायीसंँग सिन्डिकेटका बारेमा कुनै पनि सहमति गर्ने तयार नभएको बताएका थिए। त्यस्तै बैठकले यातायात व्यवसायीलाई बन्द हड्ताल छोडेर वार्तामा आउनसमेत अनुरोध गरेको छ। यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति खारेज गर्ने निर्णय सरकारले गरेको थियो। निर्णयपछि यातायात व्यवसायी आन्दोलित छन्।

@ Pahilo Post

Facebook Comments