मोफसलमै बसेर अभिनय

मोफसलमै बसेर नेपाली चलचित्रमा पकड राख्दै आएका इलामका कलाकार गोपाल एक्तेन उफमेघराज लिम्बू अभिनय गर्न राजधानीमै बस्नु नपर्ने बताउँछन् । जहाँ बसे पनि संघर्ष गर्नैपर्ने बुझेका उनी धेरैजसो चाहिँ बिर्तामोडमा बस्छन् । कलाकारितासँगै सामान्य व्यवसाय पनि गर्दै आएका उनी एक दशकयता ठूलो पर्दा र म्युजिक भिडियोमा व्यस्त छन् ।

१० वर्षअघि बनेको ‘यो दुनियाँ’ चलचित्रमार्फत रजतपटमा प्रवेश गरेका लिम्बूले डेढ दर्जन चलचित्र र आधा दर्जन म्युजिक भिडियोमा आफो भूमिका निभाइसकेका छन् । पूर्वमै बसेर नेपाली चलचित्रमा सामीप्यता राख्दै आएका उनी मुलुक संघीयतामा गएसँगै चलचित्र उद्योग पनि विकेन्द्रीकृत हुनुपर्ने धाराण राख्छन् । उनी प्रतिभा भएको व्यक्तिले भौगोलिक दूरीकै कारण अवसरबाट बञ्चित हुनुनपर्ने बताउँछन् ।

यो दुनियाँ, हाम्रो संघर्ष, सुनको बिहानी, माटो, बाटोमुनिको फ, शायद, पार्सल, बाटोमुनिको फ २, छिरिङलगायत चलचित्रमा उनलाई देख्न सकिन्छ । सहायक भूमिकामा देखिने उनी अब विस्तारै मुख्य रोलमा आउने तर्खरमा छन् । झापालाई कर्मथलो मानेर अभिनय यात्रालाई निरन्तरता दिइरहेका लिम्बू एकैसाथ दुई फिल्मको सुटिङमा व्यस्त हुने बताउँछन् । पछिल्लो समय झापा, इलामका पर्यटकीय क्षेत्रमा पनि फिल्म सुटिङ हुन थालेपछि पूर्वमा बसेर काम गर्नेहरुमा क्रेज बढेको उनी बताउँछन् ।

Facebook Comments