बलिउड अभिनेत्री करिश्मा कपुर नेपालमा

बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् । उनले दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गर्ने कार्यक्रम छ ।

करिश्मा पछिल्लो समय फिल्ममा सक्रिय छैनन् । श्रीमान सञ्जय कपुरसँग सम्वन्धविच्छेदपछि उनी सन्दिप तोसनीवालसँग डेट गरिरहेकी छिन् । उनका एक छोरी र एक छोरा छन् ।

करिश्माले अन्दाज अपना अपना, अनाडी, राजा हिन्दुस्तानी, दिल तो पागल है, हिरो नम्बर वानलगायत दर्जनौं हिट फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो बलिउड फिल्म २०१३ मा आएको थियो । चाँडै नै उनी शाहरुख खान अभिनित फिल्म जिरोमा विशेष भूमिकामा देखिदैछिन् ।

 

 

onlinekhabar.com

Facebook Comments

8 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: سكس مترجم

  3. Pingback: Dolce and Gabbana

  4. Pingback: Jimmy Choo

  5. Pingback: Givenchy

  6. Pingback: Coupon website

  7. Pingback: land for sale in lagos

  8. Pingback: speelgoed kopen