सेलिबे्रटी बने अशोक दर्जी

सडक र गल्लीहरुमा भौतारिँदै सबैलाई गीत सुनाउने मोरङ उर्लाबारीका अशोक दर्जी पछिल्लो सम्ाय साँच्चिकै सेलिब्रेटी बने । विभिन्न अनलाइन मिडियाहरुले उनको प्रतिभालाई उजागर गरिदिएसँगै दर्जी दिन दुई गुणा रात चौगुणा लोकप्रिय बनेका छन् । केहीले प्रतिभाको विषयलाई लिएर टिकाटिप्पणी गरे पनि उनी साँच्चिकै सेलिब्रेटीको लिष्टमा दर्ज भए ।

दर्जीलाई यो उचाइमा ल्याउन सहयोग गर्ने व्याक्ति हुन् गायक टंक बुढाथोकी । उनले दर्जीलाई काठमाडाँैमा झिकाएर राम्रो प्लेटफर्म समेत प्रदान गरे । दर्जीको आवाज समेटिएको पहिलो अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको नयाँ गीत ‘मनबिनाको धन’ यो समाचार तयार पार्दा सम्ममा युट्युबको ट्रेन्डिङ १ मा रहेको छ । जसलाई एकै दिनमा करिब १३ लाख पटक हेरिएको छ । युट्युबमा १४ हजारभन्दा बढीले गीतको प्रतिक्रिया लेख्दै प्रशंसा गरेका छन् । विराज नेपालको शब्द तथा गायक टंक बुढाथोकीको संगीत तथा संयुक्त स्वरमा रहेको यस गीतलाई धेरैले मन पराएका छन् ।

‘मनबिनाको धन’ को म्युजिक भिडियोमा अन्य भिडियोमा जस्तो कलाकारलाई फिचरिङ गराइएको छैन । गायक बुढाथोकीले दर्जीलाई गीत गाउन सिकाइएको यसमा देख्न सकिन्छ । विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा प्रशस्त स्थान पाएका दर्जीलाई अब गायनमा भन्दा पढाइमा लगाउने गायक तथा संगीतकार बुढाथोकीले बताए ।

दिनभर बनिबुत्तो गरेर जीविकोपार्जन गर्दै आएका दर्जीको परिवारको अवस्था उत्ति नै दयनीय छ । दर्जीलाई आधार बनाएर धेरै अनलाइन तथा युट्युबरहरुले राम्रो पैसा आर्जन गरेका छन् । त्यो पैसा सबैले दर्जीका परिवारलाई प्रदान गर्ने हो भने पनि उनीहरुले केही राहत महसुस गर्ने थिए । छोटो समयमा गायकको उपाधि प्राप्त गरेर सेलिब्रेटी बनेका दर्जीलाई स्थानीय एक विद्यालयले नि:शुल्क रुपमा पढ्ने व्यवस्था गरेको छ ।

Facebook Comments