भुपु पाण्डेको “छाता”

पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएका भर्सस्टायल गायक भुपु पाण्डेको आवाजमा रहेको गीत ‘छाता’ को म्युजिक भिडियो निकै चर्चामा रहेको छ । गीतकार राम अविरल विष्टको शब्दमा रहेको यस गीतलाई गायक स्वयमले संगीत तथा एरेञ्ज गरेका हुन् ।

सबैकुरा आफा भए मात्र अरुको भर पर्न पर्दैन भन्ने सोचका साथ नेपाली सांगीतिक क्षेत्रमा अगाडि बढ्दै गरेका पाण्डे राम्रो संगीतकार तथा एरेञ्जरको रुपमा समेत चिनिँदै गएका छन् । यसअघि बजारमा आइसकेका उनका गीत ‘जेपिटी ट्याग नगर’, ‘चम्पा’, ‘राम्रीले बितायो’ लगायत दर्जनौँ गीतहरु चर्चित छन् । नेपाली सुगम संगीत आकाशमा राम्रो नक्षत्रका रुपमा उदाएका पाण्डेका आधुनिक,पप मात्र नभई दर्जनौँ भजनहरु समेत चर्चित छन् ।

शुक्रबार दर्शक तथा स्रोतामाझ आफै अफिसियल युट्युब च्यालनमार्फत भिडियो सार्वजनिक गरेका पाण्डेले सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । सुजन मार्फा तामाङको एक्सन कटमा निर्माण गरिएको यस म्युजिक भिडियोमा सुजनसँगै मनासी तामाङ लगायतले अभिनय गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन तथा विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

Facebook Comments