दिपेनको संगीतमोह

परिचय टेलिभिजन कार्यक्रम निर्माताको अनि मोह संगीतको ! विगत लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय दिपेन भेटवाल विशेषगरी कन्सेप्चुअल प्रोग्राम डिजाइनिङ र निर्देशनको पाटोमा सक्रिय छन् । आफाई पत्रकारभन्दा पनि सञ्चारकर्मी भन्न रुचाउने उनको रुचि सञ्चारमा पनि विशेषगरी कला विधामा देखिन्छ ।

हाल सूर्योदय टेलिभिजनमा कार्यक्रम काउन्टडाउन विक्ली चलाइरहेका उनको यस कार्यक्रम संगीत क्षेत्रसँग सम्बन्धित छ । ८ वर्षअघि नेपाल टेलिभिजन प्लसमा स्पोर्टस मेगेजिन नामको कार्यक्रम निर्माण गरी टेलिभिजन पत्रकारिताको औपचारिक सुरुवात गरेका उनी अहिले यस टेलिभिजनमा प्रोडक्सन चिफका रुपमा कार्यरत छन् । टेलिभिजनका साथै डकुमेन्ट्री, विज्ञापन तथा म्युजिक भिडियो निर्माण गरिरहेका उनी संगीतमा पनि त्यत्तिकै सौखिन छन् ।

बेलाबखत फेसबुकमा लाइभ गीतसहित प्रस्तुत हुने गरेका यिनले ५ वर्षअघि धुलाबारी बजारैमा बोलको गीत सार्वजनिक गरेका थिए । यद्यपि सञ्चार क्षेत्रको काम र व्यस्तताका कारण संगीतलाई निरन्तरता दिन नसके पनि अब भने कभर सङमार्फत भए पनि गायकको चिनारी समेत बटुल्न तत्पर रहेको उनी बताउँछन् । हालसम्म चारवटा गीत रेकर्ड गराई ७० वटा गीत कम्पोज गरिसकेका यिनी सपनामा सुनेको धुनलाई ब्युँझेर मोबाइलमा रेर्कड गरी संगीत सिर्जना गरेकाले पनि आफसंगीत क्षेत्रमा लाग्नुपर्ने धारणा राख्छन् ।

स्टेज कार्यक्रममा समेत सहभागिता जनाइरहेका भेटवाल विशेषगरी पप अनि रक शैलीका गीत गाउन रुचाउँछन् । उनी भन्छन्, ‘संगीतले मलाई दिने सन्तुष्टि म श्ाब्दमा व्याख्या गर्न सक्तिन, त्यसैले मेरो जीवनमा यसले खास महत्व राख्छ ।’

Facebook Comments