यो साता सवा दुई अर्बको सेयर कारोबार, बुटवल पावर कम्पनी अग्रस्थानमा

काठमाडौं । यो साता (२१ गतेदेखि २७ गतेसम्म) सेयर बजारमा दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको सेयर कारोबार भएको हो ।

 

कारोबार रकम गत साताको भन्दा २७.७६ प्रतिशतले बढी हो । गत साता १७६ कम्पनीको एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.१९ अंकले घटेर अन्तिम दिन १३४८.४५ अंकमा पुगेको हो ।

 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.७९ अंकले घटेर २८४.५९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (१२ करोड ७३ लाख ४० हजार रुपैयाँ) को आधारमा बुटवल पावर कम्पनी लिमिटेडको सबैभन्दा बढी भएको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (६ लाख ३८ हजार कित्ता) को आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको छ ।  यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

 

 

Ratopati.com

Facebook Comments