हल्दिबारीमा महोत्सव हुने

बिर्तामोड, वैशाख २९ । झापाको हल्दिबारी गाउँपालिकामा यही जेठ १ गतदेखि दोस्रो हल्दिबारी महोत्सव हुने भएको छ ।

महोत्सव व्यवस्थापक मदन राईका अनुसार स्थानीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि महोत्सव हुन लागेको हो । हल्दिबारी २ को नव किरण स्पोर्टिङ क्लबले आयोजना गरेको महोत्सव जेठ १५ गते सम्पन्न हुने राईले जानकारी दिए । महोत्सवमा मुख्य आकर्षकको रुपमा राष्ट्रियस्तरका कलकारहरु गायिका ज्योति मगर, मिना निरौला, श्रेया सोताङ, जून प्रसाईं, दिपा सुहाङ, गायक शिव परियार, हाँस्य कलाकार जिग्री, पाँडे, हर्के हल्दार विशाल लिम्बूको बेजोड प्रस्तुति रहनेछ ।

Facebook Comments