करातेको उपाधि देवीलाई

इटाभट्टा, वैशाख  । प्रथम झापा जिल्लास्तरीय कराते प्रतियोगिता-२०७५ को उपाधि देवी डोजो बिर्तामोडले हात पारेको छ ।
इटाभट्टा डोजोको आयोजना र प्रतिभा युवा परिवार मेचीनगर-८ को सहआयोजनामा शनिबार इटाभट्टामा सम्पन्न प्रतियोगितामा ६ वटा स्वर्ण पदक हात पार्दै देवी च्याम्पियन बनेको हो ।

मेचीनगर ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा आदर्श माविको खेल मैदानमा आयोजित प्रतियोगितामा दोस्रो बनेको शनिश्चरे डोजो अर्जुनधाराले ५ स्वर्ण र तेस्रो बनेको दमक डोजोले ४ स्वर्ण जितेको करातेका सिनियर प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए ।

प्रतियोगिताको छात्रतर्फ २० केजी तौल समूहमा अनुज भट्टराई प्रथम, निकेश कार्की दोस्रो, सानुबाबु अधिकारी र विक्रम साह तेस्रो तथा छात्रातर्फ दिया राई प्रथम, आकृति राई द्वितीय र सृष्टि पराजुली तृतीय बने ।

२५ केजी छात्रतर्फ पुस्पल रामदाम प्रथम, यलन मगर द्वितीय, अंकित सुब्बा र नस्याङ लिम्बू तृतीय तथा छात्रातर्फ राजुनानी अधिकारी पहिलो, आदी राई दोस्रो, प्रिन्सेस देवकोेटा र सोनु चौधरी तेस्रो भए । ३० केजी छात्रतर्फ अनिश उप्रेती प्रथम, मुकेश भूजेल द्धितीय, वेल्सन लिम्बू र संगत राई तथा छात्रातर्फ सलिना चौधरी पहिलो, रुवि सुन्दास दोस्रो, सृष्टि बुढाथोकी र सलिना मगर तेस्रो भइन् ।

३५ केजी छात्रतर्फ भुवन ढुङ्गाना प्रथम, करन मल्लिक द्वितीय, विशेष राजवंशी र कुशल उप्रेती तृतीय तथा छात्रातर्फ सुनिला लिम्बू पहिलो, लक्की गुरुङ दोस्रो, जेसिका लिम्बू र झरना लिम्बू तेस्रो भइन् । ४० केजी छात्रतर्फ सुनम चौधरी प्रथम, विधान चौधरी द्वितीय, रुक्सन राई र सक्षम नेम्वाङ तृतीय तथा छात्रातर्फ सुविक्षा राई पहिलो, विनिता गुरागाईं दोस्रो, हाना लिम्बू र समीक्षा राना मगर तेस्रो भइन् ।

४५ केजी छात्रतर्फ विशाल राई प्रथम, शंकर थापा द्वितीय, मनोज चौधरी र किरण खरेल तृतीय तथा छात्रातर्फ श्रियासी लिम्बू पहिलो, साम्राज्ञी मगर दोस्रो, मेग्वा तामाङ र प्रमिसा गौतम तेस्रो बनिन् । ५० केजी छात्रतर्फ भुपाल पौडेल प्रथम, विनोद ऋषिकुल द्वितीय, अर्जुन न्यौपाने र आशिष राई तृतीय तथा छात्रातर्फ सञ्जु राई प्रथम र अस्मिता कार्की द्वितीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय बनेका डोजो तथा खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, विशेष अतिथि समितिका सदस्य ज्ञानेन्द्र राई, मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, सदस्यहरु सन्तोष मेचे, गंगाप्रसाद पाठक, वरिष्ठ कराते प्रशिक्षक कालु मेचे, नेपाल कुस्ती संघका झापा उपाध्यक्ष वेदनिधि भण्डारी, खेलप्रेमी युवा घनश्याम उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराई, प्रतिभा युवा परिवारकी सचिव शोभा श्रेष्ठ, आयोजक डोजोका प्रशिक्षक मदनकुमार भण्डारीलगायतले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

झापाका २२ वटा विभिन्न डोजोका खेलाडीहरुले प्रतिस्पर्धा गरेको सो प्रतियोगिता सम्पन्न गर्न करातेका एसियन रेफ कुमार उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । निर्णायक समितिमा करातेका एसियन कोच बद्री विष्ट, हरिमाया राई, अर्जुन लम्साल, रेफ सञ्जीत मोहोली, विष्णु नेम्वाङलगायत सहभागी भएका थिए ।

Facebook Comments