भद्रपुरमा जिल्लास्तरीय फुटबलको तयारी

भद्रपुर, जेठ १ । झापाको सदरमुकाम भद्रपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिताको तयारी गरिएको हो ।

भद्रपुरको स्थापित क्लब इलेभेन साइनिङ स्टार क्लबको आयोजनामा आगामी जेठ ८ देखि जेठ १५ गतेसम्म भद्रपुर माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ । हालै क्लबको कार्यसमितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । क्लबका अध्यक्ष दिलिप भुइँमालीको अध्यक्षतामा सम्पन्न बैठकले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न रवि मुखियाको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ भने २५ सदस्यीय सल्लाहकार समिति, पाँच सदस्यीय आर्थिक व्यवस्थापन समिति र पाँच सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ ।

आयोजक समितिको सहसंयोजकमा जितेन्द्र शर्मा ‘जितु’ रहेका छन् भने बिर्जु सहनी, ईश्वर हाडा, किशोर लामा, विजय आइजच र किरण दाहाल रहेका छन् भने मनोज श्रेष्ठको संयोजकत्वमा नविन गुरुङ, जितु, सुदेश राई र किरण दाहाल सदस्य रहेका छन् ।

भद्रपुरका प्रतिष्ठित उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको संयोजकत्वमा २६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सो समितिमा भद्रपुर वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्की, वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, वडा नम्बर ६ का वडा सदस्य अजय साहेवाला, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, नेपाली कांग्रेसका ३ क्षेत्रीय सभापति गणेश पोखरेल, झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार घिमिरे, नितेश वर्मा, गोपाल धमला, सुरज खत्री, कृष्ण ढकाल, दिपेश ढकाल, रमेश पराजुली, रमेशचन्द्र झा, आदित्य पराजुली, सुबोध कोठारी, किरण भारती, नन्दु सरावगी, महावीर मित्रुका, राजु सिंघल, कविन राई, प्रज्ज्वल राई, विक्की राई, प्रविर घोष र सञ्जय घोष सदस्य छन् ।

यसैगरी, गोपाल गिरी, रोहित काफ्ले, दिपक अधिकारी, माया पकुवाल, उत्तम नेपाल, पार्थ मण्डल र गंगा बराल रहेको प्रचारप्रसार समिति गठन गरिएको छ । यो प्रतियोगिता प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालन गरिँदै आएको प्रतियोगिताको निरन्तरता भएको क्लबका अध्यक्ष भुइँमालीले जानकारी दिए ।

‘विगत १४ वर्षदेखि निरन्तर यो प्रतियोगिता भद्रपुरमा गरिरहेका छौँ’, उनले भने, ‘यस वर्ष आर्थिक अभावका कारण प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता गर्न सकिएन, गणतन्त्र दिवसको अवसरमा गर्ने तयारी गरिएको हो ।’

सशस्त्र प्रहरीको एउटा विभागीयसहित झापाका ८ वटा टिम सहभागी गराउने तयारी गरिएको प्रतियोगिताको विजेता ६० हजार नगदसहित शिल्ड तथा मेडल र उपविजेताले ४० हजार नगदसहित शिल्ड तथा मेडल प्राप्त गर्ने आयोजक समितिका संयोजक मुखियाले जानकारी दिए ।

Facebook Comments