यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान

काठमाडौं ,  जेठ २ । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

 नाइन एन एयूजे कलसाइनको विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत-विक्षत छ । विमानले बोकेका सामान, यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट छ ।

नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । उनीहरु दुवै जनाको मृत्यु भएको छ ।

विमान सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि उडेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

Facebook Comments