भजनमा जम्दै कृष्ण भण्डारी

पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथिभरा मन्दिरको महिमा बोकेकोे भजन ‘जय माँ पाथिभरा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भजनमा गायक तथा संगीतकार कृष्ण भण्डारीको शब्द, संगीत तथा स्वर रहेको छ । भक्ति संगीतमा औधी रुचि भएका भण्डारीले पूर्वको धरोहरको रुपमा रहेको पाथिभरा मातासँग आस्था तथा विश्वास राख्नेहरुका लागि समर्पित गर्दै भजनको म्युजिक भिडियो सार्वजनिक गरेको बताए ।

युरोपियन देशहरुको संस्कृतिले दशेलाई प्रभाव पार्दे लागिरहेको बेला पप तथार् याप गीतहरुमा मात्र नअल्झी भजन कीर्तनमा समेत जोड दिनुपर्ने उनको तर्क छ । गाउँघरमा हुने हरेक धार्मिक कार्यहरुमा भजन गीतहरुको महत्व छुट्टै हुने भएकाले पनि भगवानको लीलासँग समर्पित गरिएका भजनहरुको लोकप्रियता पनि उत्तिकै रहेको भण्डारी बताउँछन् । गायक तथा संगीतकारका रुपमा मात्र नबसी प्राय: धेरै धार्मिक कार्यहरुमा सरिक हुने भण्डारीका सिर्जनाहरु लोकप्रिय छन् । उनी भन्छन्, ‘मेरा सिर्जनाहरलाई लिएर धेरै मान्छेले मलाई नै कृष्ण भण्डारी कहिले आउने हो ? भनेर सोध्छन्’, त्यसबेला उनले समय सापेक्ष उत्तर लिएर फर्काउने गरेको बताउँछन् ।

‘कृष्ण काले नक्कले’, ‘कृष्णजी मन र्पयो मलाई’ लगायत दर्जनाँै सुमधुर भक्ति भजनमा स्वर भरेका गायक भण्डारी आधुनिक गीत संगीत तथा लेखनमा पनि उत्तिकै अब्बल मानिन्छन् । केही समय अघि सार्वजनिक भएको ‘तिम्रो घरको गल्ल्ाी हुँदै’, ‘तिमीले बिहे र्गयौ अरे’ लगायतका उनका गीतहरु चर्चित छन् । भारतको बनासरमा शास्त्रीय संगीतको शिक्षा आर्जन गरेका भण्डारी मेहनती संगीतकर्मी हुन् । चार वर्षअघि बजारमा आएको गायक श्रीकृष्ण लुइँटेल बोकेदाह्रीको आवाजमा रहेको गीत ‘बाँके बर्दिया’ ले पनि उनको उचाइमा इट्टा थपिदिएको छ । बोकेदाह्रीले गाएका धेरै गीतहरुको उनको संगीत हुने गरेको पाइन्छ ।

ताप्लेजुङको पाथिभरा देवीको मन्दिरको महिमा समेटिएको भजनमा गायक भण्डारी स्वयम्ले अभिनय गरेका छन् । भजनमा झनहरुको बीचमा एउटा मार्गदर्शकको रुपमा उभिएका छन् । साधुको वस्त्र धारण गरेका भण्डारीले पाथिभरा माताप्रतिको आस्थालाई दर्शाएको पाइन्छ । ‘जय माँ पाथिभरा’ को भजन भिडियो छायाँकनमा समेत छुट्टै आनन्द मिलेको गायक भण्डारीले बताए । भजनमा नविन भुजेलको निर्देशन तथा तिलक रिजालको छायाँकन रहेको छ ।

Facebook Comments