‘पण्डित बाजेको लौरी’

चलचित्र ‘पण्डित बाजेको लौरी’ को रमाइलो टिजर सार्वजनिक भएको छ । दुईअर्थी शब्द प्रयोग गर्दै चलचित्रको टिजर तयार पारिएको छ । दिपक ओलीको निर्देशनमा तयार भएको यो चलचित्रले एउटा सानो गाउँभित्र पण्डित्याइँको भिन्नभिन्न काम गर्ने पण्डितहरुको कथालाई उठान गरेको छ । वादी समुदायको कथालाई चलचित्रले प्रस्तुत गरेको निर्देशक ओलीले बताए ।

चलचित्रमा विजय बराल र सन्ध्या केसी ‘वादी र वादिनी’ को भूमिकामा देखिएका छन् । वादीले जीवनयापन गर्नका लागि मादल बनाउँछन् भने वादिनीले आफो शरीर बेच्ने गरेका छन् । तल्लो जात भनेर समाजले हेप्ने गरेकी वादिनी र समाजको ठूलो जात पण्डितबीचको सम्बन्धलाई चलचित्रले प्रस्तुत गरेको निर्देशकको भनाइ छ । अधृत फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काको लगानी छ । चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा सम्वाद, विदुर गिरीको छायाँकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दिपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।

Facebook Comments