बाढी प्रभावितलाई नि:शुल्क धानको बीउ

गोपीन पोखरेल
गौरादह, जेठ  । कारितास र अभियान नेपालले झापाका १४० बाढीपीडित परिवारलाई धानको बीउ वितरण गरेको छ । गत वर्ष साउन २७ र २८ गते अविरल वर्षासँगै कनकाई, बिरिङ, कमल र रतुवा खोलामा आएको बाढीले झापाको दक्षिण पश्चिमी भेगका सयौँ स्थानीयको खेतीयोग्य जमिन कटान गर्नुका साथै धानबाली नष्ट गरेको थियो ।

बाढीबाट जनधनको क्षति हुनको साथै सयौँ घरपरिवार विस्थापित भएका थिए । बाढीले खेतीबाली नष्ट गरेपछि बीउ पनि जोगाउन नपाएका कृषकलाई खेती गर्ने सिजनको मुखमा आएर कारितास र अभियान नेपालले धानको बीउ वितरण गरेको हो ।

कारितास नेपाल र कारितास इन्टरनेसनालिष्टको सहयोगमा अभियान नेपालले ‘बाढी प्रभावितहरुका लागि प्रतिकार्य एवम् पुनर्लाभ परियोजना’ अन्तर्गत स्थानीय सहयोग समूह, सहकारी र कृषक समुहमार्फत धानको बीउ वितरण गरेको हो ।

परियोजनाले छनोट गरेको बाढीबाट अतिप्रभावित क्षेत्रका कृषकको माग र आवश्यकताको आधारमा आयआर्जन र बीउ उत्पादनमा सहयोग होस् भन्ने उद्देश्यले ब्याड राख्ने बेलामा धानको बीउ वितरण गरिएको अभियान नेपालका कार्यक्रम निर्देशक लोकप्रिय खनालले बताए । अभियान नेपालले झापाका बाढी प्रभावित ठाउँमा आय आर्जन, विपद व्यवस्थापन, बाटो पुल निर्माणलगायत ५ वटा क्षेत्रमा कार्य गर्दै आएको पनि निर्देशक खनालले जानकारी दिए । परियोजनाले कमल गाउँपालिका २ भालुगाउँका कमलखोलाको बाढीबाट प्रभावित ८८ घरधुरीलाई पारिपोसा रञ्जीत जातको धानको बीउ प्रतिघरधुरी १२ केजीका दरले वितरण गरिएको हो ।

रञ्जीत जातको धानको बीउ पहिलो पुस्ताको भएकोले १२ केजी बीउले १० कट्ठा जमिनलाई पुग्ने कारितास नेपालका आइपिएम प्राविधिक टंक कट्टेलले बताए । कारितास नेपालका प्राविधिक कट्टेललका अनुसार परियोजनाले कृषकलाई बीउ बिजन उपलव्ध गराउनुका साथै उन्नत प्रविधिबाट खेती गर्न तालिमको पनि व्यवस्था गरेको छ ।

एकिकृत सत्रुजित व्यवस्थापन आइपिएम कृषि सहकारी संस्थाका अध्यक्ष एवम् बीउ वितरण उपभोक्ता समितिका अध्यक्ष यामबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा कमल गाउँपालिकाका कृषि शाखा प्रमुख वीरबहादुर श्रेष्ठले सुन फल्ने जमिन रातारात बालुवामा परिणत भएर राहत बाढ्नु दुखद् भएको बताए । ‘भरसक राहत बाँढ्नु नपरे हुन्थ्यो भन्ने लाग्छ’, श्रेष्ठले भने, ‘आउँदा दिनमा कारितासले दिएको पहिलो पुस्ताबाट धानको बीउ उत्पादन गरी कृषक दाजुभाइले राहतको आश नगरी अधिकतम् उत्पादन लिन सक्नुपर्छ ।’ कार्यक्रममा कारितासका आइपिएम प्राविधिक कट्टेल, अभियान नेपालका सहजकर्ता चन्द्रा अधिकारी, डिएन खनाललगायतले परियोजनाका बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रमअन्तर्गत गौरादह-५ कटपपुरका रतुवामाईको बाढीबाट प्रभावित ५२ घरपरिवारलाई पारिपोसा (सोना मन्सुली) जातको धानको बीउ वितरण गरिएको थियो । नवोदय कृषक समूह र बीउ बिजन वितरण परियोजना सहयोग समितिमार्फत छनोट गरिएका रतुवामाईको बाढीबाट प्रभावित ५२ घरधुरीलाई १५ केजीको दरले बीउ वितरण गरिएको थियो । बीउ बिजन वितरण परियोजना सहयोग समितिका अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षता तथा टोल विकास प्रमुख हरिकुमार चुडालको उपस्थितिमा कृषकलाई धानको बीउ वितरण गरिएको थियो । कार्यक्रममा स्थानीय होम भण्डारी, बिउ बिजन सप्लायर्सका हरि दाहाललगायतको उपस्थिति थियो ।

Facebook Comments

4 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: custom portrait

  3. Pingback: ixxxporn

  4. Pingback: dagje uit