पिकअपको ठक्करबाट एकको मृत्यु

लोकनाथ रिजाल

दमक । झापाको कमल गाउँपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा आइतबार पिकअप भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी-९ बस्ने ३२ वर्षीय विनोद गिरी रहेका छन् ।

गिरीको उपचारका लागी बिएण्डसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । को. १ च ८३८४ नम्बरको पिकअपले को. २९ प ६२६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक गिरीको मृत्यु भएको हो ।

सोही स्कुटरमा पछाडि सवार झापा गोलधाप-२ बस्ने १६ वर्षीय विवेक शिवाकोटी सामान्य घाइते भएका छन् । घाइतेको झिलझिलेस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Facebook Comments

One comment

  1. Pingback: Google