तीन पुस्ताको साझा चाहना ‘उद्घोषक’

रमेश समदर्शी

शनिश्चरे, जेठ ११ । टहलकुमारी सापकोटा उमेरले ६६ पुगिन् । बितेका यतिका वसन्तमा उनले धेरै कुरा सिकिन् । तर, मान्छेको भिडभाडमा गएर बोल्न, माइकअगाडि उभिन भने कहिल्यै सकिनन् । झापा अर्जुनधारा-९ की उनले यसबीचमा के-कति अप्ठ्यारा सामना गरिन्, उनैको मनमा सीमित छ ।

भर्खरै एसइइ दिएर घरमा बसेकी बबिता ढकालले पनि यसै मेसोमा एक पृष्ठ लामो मन्तव्य दिइन् । लिखित मन्तव्यको विषय थियो, सहिद दिवस । पहिलोपल्ट माइकअगाडि उभिएकी १७ वर्षीया यी किशोरीमा अघिल्लो दिन जति धड्कियो, अब त्यतिमै सीमित रह्यो मुटुको धड्कन ।

त्यस्तै, गौरीमाया चिमरिया आफा भनाइ राखेर सोफामा बसिन् । लामो सास फेरिन् । आफाई ‘नर्मल’ बनाउने प्रयास गरिन् । एकैछिनमा उजालियो उनको मुहार । तयारी थियो लिखित मन्तव्यको । विषय थियो, गाईपालन । तर, आफो पालो आएपछि ‘तुरुन्तै मुड चेन्ज’ भनेझ विषय नै परिवर्तन भयो अनि सुनाइन्, अर्गानिक सब्जीको उत्पादन र विषादीविरुद्धको अभियान । धाराप्रवाह थियो, भनाइ मननयोग्य थियो ।

फरक पुस्ताका यी पात्र फरक व्यवहारका पनि हुन् । टहलकुमारी ६६, नातिनातिनाका धनी हुन् भने गौरीमाया ३२, गृहस्थी जीवनमा संघर्षरत दुई सन्तानकी आमा । त्यस्तै, भर्खर किशोरावस्थामा टेक्दै गरेकी बबिता गन्तव्यहीन भविष्य निर्धारणमा लागेकी छात्रा । तर, यी तीन पुस्ताको चाहना, आकांक्षा वा रोजाइ जे भने पनि साझा थियो, उद्घोषक बन्ने ।

पहिलोपल्ट क्षमता विकास तथा उद्घोषण तालिममा सहभागीको अवसर जुराइदिएको थियो अर्जुनधारा वडा नम्बर ९ को लक्षित वर्गको आयआर्जन तथा क्षमता विकास कार्यक्रमले । शनिश्चरेको सामुदायिक भवनमा आयोजित दुई दिने तालिममा सहजीकरण गरेका थिए पत्रकारद्वय कुमार भट्टराई र दिपिन राईले ।

गौरीमाया स्थानीय सुखानी सहिद स्मृति प्रतिष्ठानकी सदस्य हुन् । यसअघि कुनै संघसंस्थामा रहेर काम गरेको अनुभव छैन । दुई सन्तानलाई शिक्षादीक्षासँगै क्यान्टिन चलाउनु उनको दिनचर्या हो । मन्तव्यका लागि आयोजकले दिएको दुई मिनेटका समयसीमा उनले नाघिन् । तर, सहभागी सबै एकाग्र भएको देखेर उनले आफो भनाइमा पूर्णविराम लगाइनन् । वार्निङ बेल बजेन, बोलिरहिन् तबसम्म जतिखेर आफा अन्तिम शब्द सकिएको थिएन । यतिखेर ५ मिनेट बितिसकेको थियो ।

‘गाईपालनबारे लेखेर गएकी थिएँ’, उनले भनिन्, ‘माइकअगाडि पुगेपछि जीवनका अनुभव र देखिएका व्यवहारबारे बोल्न मन लाग्यो ।’ अर्गानिक तरकारीको उत्पादन र प्रयोगमा जोड दिएकी उनले विषादीको प्रयोगलाई न्यूनीकरण गर्न पनि खुलेरै आह्वान गरिन् ।
‘माइकअगाडि लाज, डर केही थिएन, साथीहरुले बोल्न नसकेको देखेर पनि धक फाएर बोलेँ’, उनले आत्मविश्वास बढाउँदै भनिन्, ‘बोली अड्किएन, तर फर्किएर आउँदा बोल्दा त्रुटि भयो होला, मौका मिले सच्याउँला भन्ने मनमनै प्रतिबद्धता आयो ।’ यो तालिमबाट अब कार्यक्रम सञ्चालन गर्ने ‘उद्घोषक’ को भूमिका निर्वाह गर्ने क्षमता विकास भएको उनले सुनाइन् ।

सहभागीमध्ये वृद्धा टहलकुमारीले गाईपालन, च्याउखेतीजस्ता तालिम लिइसकेकी छन् । ‘यसले त आफे सिकेर अरुलाई सिकाउन भनी सिकायो’, ०२६ सालमा सेन्टअप पास गरेकी उनले भनिन्, ‘उद्घोषणको तालिम पहिल्यै लिएको भए केही गर्न सकिनेरहेछ भन्ने लागेर आएको छ ।’ यो तालिमले व्यक्तित्व विकाससँगै बोल्ने तौरतरिका र शैलीमा परिवर्तन आएको उनले सुनाइन् ।

अघिल्लो दिन व्यवस्थापनको जिम्मा लिन बोलाउँदा कसैले हात नउठाएपछि आफ अघि सरेकी थिइन्, बबिता । ‘सबैको अगाडि उभिँदा डर लागेको थियो’, उनले आफा अनुभव सुनाइन्, ‘यस्तो डर अहिलेसम्म लागेको थिएन ।’ तर, सहजकर्ताबाट ‘नडराउनु’ भन्ने ढाडस पाएपछि अन्य दुईजनालाई अगाडि बोलाएर केही बोल्न भनिन् । तालिम लिएपछि कन्फिडेन्ट बढेर गएकाले उनले औपचारिक कार्यक्रम चलाउने प्रण गरेकी छन् ।

कार्यक्रममा बोल्ने मात्र थिएनन, नबोल्नेको संख्या पनि उत्तिकै थियो । पालैपालो बोल्ने क्रममा बोल्नै नमानेकी चन्द्रा पौडेलले बिस्तारै उठेर भए पनि एक मिनेट माइकअगाडि बोलिन् । उनको स्वर सानो थियो, सायद आत्मविश्वासमा कमि भएर होला । यस्तै, बोल्न नचाहने किशोरी दुर्गा सुवेदीलाई उनकै बुवा तारा सुवेदीले जबरजस्ती नाम लेखाए बोल्नका लागि । कार्यक्रमको पहिलो दिन ३५ जना सहभागी थिए । ‘अगाडि गएर बोल्नुपर्ने रहेछ भन्दै ८ जना आएनन्’, आयोजककी सचिव शान्ता राईले भनिन् ।

चाहेर बोलेका, नचाहेर पनि बोल्न बाध्य भएका सबै सहभागीले उद्घोषण तथा क्षमता विकासका कार्यक्रम फेरि पनि सञ्चालन गर्न भने एकमत देखिएका थिए । सहजीकरणमा रहेका कुमार भट्टराईले सकेसम्म सहभागीलाई नै समय दिएर माइकसम्म ल्याइएको बताए । उनले भने, ‘सहभागितामुलक विधिबाट हामीले व्यवस्थापन र्गयौँ ।’

Facebook Comments