पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल (भिडियो सहित)

नेपाली संगीतमा एकछत्र छाप पारिरहेका लोकप्रिय तथा चर्चित गायक प्रमोद खरेलले ‘पृथ्वी’ बोलको नयाँ गीत रिलिज गरेका छन् । शब्द, संगीत आप्mनै रहेको सो गीत एक भव्य कार्यक्रमका बीच काठमाडौँमा रिलिज गरिएको थियो । गीत रिलिज भएको तेस्रो दिनसम्म विभिन्न काउन्ड डाउनको शीर्ष स्थानमा पर्न सफल भएको यो गीतलाई धेरैले रुचाइरहेका छन् ।
गीतको म्युजिक भिडियोमा सारा सिरपाली र फिरोज तिमल्सिनाले अभिनय गरेका छन् । सुव्रतराज आचार्यले निर्देशन गरेको भिडियोको प्रस्तुतकर्ता दीक्षा क्रियसन रहेको छ । जीवन रिजाल र निराजन कार्कीको क्यामेरा रहेको भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । म्युजिक अरेन्जमेन्ट शैलेन्द्र प्रधान गरेका हुन् । पछिल्लो समय प्रमोद खरेल युवा पुस्ताको ढुकढुकी बन्दै आएका छन् ।

Facebook Comments