डान्समा भविष्य खोज्दै बद्री

सबैको रहर एकै प्रकारको हुँदैन । सबैको कला र स्वभाव पनि एकै खालको हुँदैन । यही भीडमा देखिएका एकजना कलाकार हुन् बद्री विष्ट । उनी यतिबेला हरेक दिनझ सुटिङमा नै व्यस्त हुन्छन् । किनकि उनले हरेक हप्ता एउटा भिडियो बजारमा सार्वजनिक गर्न थालेका छन् । अफिसियल होस् या कभर एउटा भिडियो उनी हरेक हप्ता सार्वजनिक गर्छन् । झापा हल्दिबारी गाउँपालिका वडा नम्बर १ गोलधापका विष्ट कोरियोग्राफर तथा डान्सर हुन् । उनीसँग्ा दर्जनौँ गीतमा कोरियोग्राफी तथा नृत्य गरेको अनुभव रहेको छ । उनले केही समयअघि ‘डान्स द रियल स्टोरी’ नाम दिएर एउटा चलचित्र समेत निमार्ण गरे । आफा बग्ने हरेक नसामा नृत्य बगेको पाउने विष्ट यो क्षेत्रबाटै आफ्नो नाम स्थापित गराउन चाहन्छन् ।

पहिलो चलचित्र ‘डान्स द रियल स्टोरी’ मा मात्रै नअल्झिएका विष्टले दोस्रोपटक फेरि ‘आमा’ भन्ने लघुचलचित्र निर्माण गरे । यस चलचित्रमा चर्चित नृत्य समूह ‘मंगोलियन लाम्जा’ लागयतका धेरैलाई समेटेको उनले बताए । चलचित्रको कथामा नृत्यसँगै समाजिक तथा पारिवारिक कारुणिक कथालाई समेटिएको थियो । यो चलचित्रको कथा समाजकै कुनै परिवारसँग मिल्ने भएकाले रियल कथामा आधारित रहेर चलचित्र निर्माण गरेका उनको अनुभव छ । यु एन्ड आइ डान्स स्टुडियोका सञ्चालक समेत रहेका विष्टले नृत्यकै सिलसिलामा धेरै देशहरुको भ्रमण पनि गरेका छन् । लेवनान, दुबई, कतार लगायतका देशमा उनले प्रतिभा प्रस्फुटन गरिसकेका छन् ।

कोरियोग्राफर तथा डान्सर विस्टले सामाजिक सञ्जाल युट्युबमार्फत नै टुटोरियल भिडियो अर्थात नृत्य सिकाउने भिडियो सामग्री समेत निर्माण गर्ने गरेका छन् । नृत्यमै भविष्य खोज्दै गरेका उनी योबाहेक अहिले केहीमा संलग्न छैनन् । पछिल्लो समय उनले सार्वजनिक गरेको म्युजिक भिडियोमा ‘गाजलु तिम्रो आँखाले’ रहेको छ । नृत्यमा उनलाई विद्या विश्वकर्माले साथ दिएकी छन् । विष्टले आफ्नै कोरियोग्राफीमा बजारमा लिएर आएको यस कभर म्युजिक भिडियोलाई तिलक रिजालले छायांकन तथा सम्पादन गरेका हुन् ।

Facebook Comments