मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा प्रहरीको छापा

केही महत्वपूर्ण कागजात फेला परेको प्रहरी दाबी

काठमाडौँ, जेठ २५ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

 

source: onlinekhabar.com

Facebook Comments