‘विजेता बन्दा सपनाजस्तो लाग्यो’

रमेश तिवारी

एजुकेसन एन्ड माइग्रेसन कर्नर मिस एसइइ प्रोविन्स वान २०१८ को ताज झापा बिर्तामोडकी स्नेहा संग्ा्रौलाको शीरमा पहिरिँदा उनमा खुसीको सिमा रहेन । ड्रिम्स वल्ड इन्टरटेन्मेन्ट प्रालि झापाले आयोजना गरेको यस ब्युटी कन्टेस्टमा सहभागी २३ जनालाई उछिन्दै उनले ताज पहिरेकी हुन् । धुलाबारीमा बुधबार सम्पन्न ग्रान्ड फिनालेको स्टेजमा चढ्दासम्म विजेता हुन्छु भन्ने पूर्ण विश्वास नभएकी संग्रौलासँग केही आशा चाहिँ थियो । यस कन्टेस्टबाट उनीसँगै झापा अर्जुनधाराकी नेहारिका ताम्ली फस्ट रनर अप र मेचीनगरकी नेहा कार्कीले सेकेन्ड रनर अपको ताज पहिरिए ।

करिब एक महिना पन्ध्र दिनको लगातारको बन्दसत्रपछि उनीहरुमध्ये स्नेहा ताज पहिरिनको लागि योग्य बनेकी हुन् ।

२०५८ सालमा जन्मिएकी संग्रौला यस वर्ष एमेटी कलेज बिर्तामोडबाट एसइइ दिएर बसेकी छात्रा हुन् । रिजल्टको पर्खाइमा रहेकी उनले र्फदमा घम्न जानुभन्दा पनि केही कुरा सिकिन्छ भन्ने उद्देश्यले आमा इनुको आग्रहमा यस कन्टेस्टमा सहभागी भएकी थिइन् । ग्रान्ड फिनालेमा उनले पुरुषहरु पनि महिला सरह हाउस हज्डबेन बस्न हुन्छ भन्ने विचार राखेकी थिइन् । सक्षम भए पनि महिलाहरु हाउस वाइफ भएर घरमै समय बिताइरहेको सर्न्दभलाई लिएर उनले पुरुषहरु पनि हाउस हज्डबेन बस्दा हुन्छ भन्ने समान अधिकारको बारेमा फरक विचार राखेकी थिइन् । यो विचार नै उनको निणार्यक बन्यो ।

संग्रौला आफँग आत्मविस्वास भए पनि विजेता बन्दा सपना जस्तो लागेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले यो ताज पहिरिँदा सपना जस्तो लाग्यो । घर आएपछि पनि मैले आफाई पत्याउनै सकिरहेकी थिइन् ।’ उनी आफविजेता बनेपछि बुवाआमाको इज्जत अझै बढाएको महसुस गरेको बताउँछिन् । पढाइलाई पहिलो प्राथमिकतामा राखेकी उनले रिजल्ट आएपछि आफसाइन्स विषय लिएर उच्च शिक्षा हासिल गर्ने सोचमा रहेकी छन् । मोडलिङमा प्रवेश गरिसकेपछि धेरैको रोजाइ म्युजिक भिडियो, चलचित्रलगायतमा हुने भए पनि आफा यो क्षेत्रमा धेरै इच्छा नभएको बताउँछिन् । मोडलिङ क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण फरक भए पनि यो क्षेत्र नराम्रो नभएको उनको विचार छ । समाज परिवर्तनका लागि समेत मोडलिङ क्षेत्र सक्षम भएको भन्दै उनले यस क्षेत्रलाई सधँै आत्मसात गरेर अगाडि बढ्ने बताइन् ।

सामाजिक रुपमा हुने विभिन्न कार्यक्रममा सरिक हुने संग्रौलालाई विजेता बनेर फकर्ंदै गर्दा यहाँको वातावरणले मनमा चसक्क पारेको छ । डम्पिङ साइडको अभावमा बिर्तामोडलगायत विभिन्न बजारहरुबाट निक्लिएको फोहोरलाई बिर्तामोडदेखि धुलाबारीसम्मको राजमार्गछेउमा थुपारिएको पाएपछि आफपनि आफ्नो तहबाट फोहोर व्यवस्थापनका लागि जुट्नुपर्छ भन्ने भावना जागृत भएको उनको भनाइ छ । सहभागी चौबिसजना नै ब्युटी कन्टेस्टको विजेता भएको उनको धारणा छ । ताज पहिरनु मात्र विजेता नभई सहभागितापछिको आफूमा आएको परिवतर्न नै सफलता भएकाले पनि सहभागी सबै विजेता भएको उनी बताउँछिन् । अरुले गरेको गल्तीलाई चाँडै प्रतिक्रिया नदिने, छिट्टो रिसाउने स्वभावकी मिस एसइइ प्रोविन्स संग्रौला यसपछिका दिनहरुमा आफूलाई निखार्दै लैजाने अठोटमा रहेकी छिन् ।

Facebook Comments