विश्वकपमा धेरै पारिश्रमिक लिने १० प्रशिक्षक

विश्वकपमा खेलाडीको मात्रै होइन, उनीहरुको नेतृत्व गर्ने प्रशिक्षकबारे पनि उत्तिकै चर्चा हुने गर्छ ।

कुन प्रशिक्षक कस्तो ? कसको रणनीति राम्रो ? कुन प्रशिक्षकले कुन शैलीमा फुटबल खेलाउँछन् ? कसले कुन खेलाडीलाई आफो टिममा राखे ? अनेकौँ जिज्ञासा फुटबल समर्थकहरुले राख्ने गर्छन् ।

त्यस्तै कुन प्रशिक्षकको गेटअप कस्तो ? कसले कति पारिश्रमिक लिन्छन् ? यस्ता प्रश्नहरु पनि फुटबल समर्थकहरुले सोध्ने गर्छन् ।
यसपटकको विश्वकपमा सेनेगलका प्रशिक्षक अलिउ सिसे सबैभन्दा कम पारिश्रमिक लिने प्रशिक्षकको रुपमा रहेका छन् । ४२ वर्षीय प्रशिक्षकको तलब प्रतिवर्ष २ लाख युरो रहेको छ । त्यसो भए कुन देशका प्रशिक्षकले धेरै कमाउँछन् त ?

ब्राजिल, इंग्ल्यान्ड, अर्जेन्टिना, फन्स, जमर्नी, स्पेन जस्ता देशहरुले आफो प्रशिक्षकलाई धेरै तलब दिन्छन् होला भन्ने तपाईंलाई लाग्न सक्छ । तर, धेरै पारिश्रमिक लिने प्रशिक्षकहरुमा कुनै नामहरु भने आश्चर्यजनक रुपमा अगाडि रहेका छन् ।

धेरै कमाउने १० प्रशिक्षकहरु
ओस्कार टाबारेज, उरुग्वे
पारिश्रमिक: १७ लाख युरो
जर्ज साम्पोली, अर्जेन्टिना
पारिश्रमिक: १८ लाख युरो
जर्ज साउथगेट, इंग्ल्याण्ड
पारिश्रमिक: २० लाख युरो
कार्लोस क्वेरोज, इरान
पारिश्रमिक: २० लाख युरो
फनार्न्डो सान्तोस, पोर्चुगल
पारिश्रमिक: २२ लाख ५० हजार युरो
स्तानिस्लाभ चेर्चेसोभ, रुस
पारिश्रमिक: २६ लाख युरो
जुलेन लोपेटेगुइ, स्पेन
पारिश्रमिक: ३० लाख युरो
डिडियर डेसक्याम्प्स्, फन्स
पारिश्रमिक: ३५ लाख युरो
टिटे, ब्राजिल
पारिश्रमिक: ३५ लाख युरो
योचिम लो, जर्मनी
पारिश्रमिक: ३८ लाख ५० हजार युरो

 

(मार्काको सहयोगमा)

Facebook Comments