चुलाचुलीमा अन्तरसदनात्मक बाँस्केटबल प्रतियोगिता

दमक, जेठ २९ । दमक–१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलमा एक सातादेखि सञ्चालित अन्तरसदन छात्र तथा छात्रा बाँस्केटबल प्रतियोगिता मंगलबार सकिएको छ । छात्र तथा छात्रातर्फका दुवै प्रतियोगितामा नितेश अग्रवाल सदन विजयी भएको छ ।
स्कुलको खेल मैदानमा सम्पन्न प्रतियोगिताको छात्रातर्फ नितेश अग्रवाल सदनले प्रकृति गौतम सदनलाई पराजित गरी जित हासिल गरेको छ । छात्रातर्फको उत्कृष्ट स्कोररमा स्वस्तिका काफ्ले र उत्कृष्ट खेलाडी श्रद्धा मगर घोषित भइन् ।
त्यसैगरी, छात्रतर्फ नितेश अग्रवाल सदनले बबिता कोइराला सदनलाई पराजित गरी जित हासिल गरेको छ । छात्रतर्फ उत्कृष्ट स्कोरर सालिन मादेन र उत्कृष्ट खेलाडीका रुपमा विक्रान्त माझी घोषित भएका छन् । विजेता, उपविजेता सदनका खेलाडीलाई पुरस्कार दिवसका अवसर पारेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए । प्रतियोगितामा स्कुलका आधा दर्जन सदनको सहभागिता रहेको थियो । स्कुलले बर्सेनि अन्तर सदनात्मक बाँस्केटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Facebook Comments