सैलेश रहेनन्, देउनियामा अन्त्येष्टि

भद्रपुर, जेठ २९ । झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव सैलेश ढुंगानाको मंगलबार बिहान निधन भएको छ । स्थानीय देउनिया नदीमा अपरान्ह उनको वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।
कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी समस्याबाट ग्रसित ४९ वर्षीय ढुंगानाको उपचारको क्रममा स्थानीय ओम साई पाथिभरा हस्पिटलमा मंगलबार बिहान १०ः३० बजे निधन भएको पिता नारायण ढुंगानाले जानकारी दिए । उनको २०२६ साल चैतमा भद्रपुरमा जन्म भएको थियो ।
उनलाई पटकपटक उपचारार्थ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । पछिल्लो समयमा उनको ब्रेनमा पनि समस्या देखिएको बताइएको छ ।
२०५२ सालमा झापा उद्योग वाणिज्य संघको कार्यालय सचिवको रुपमा उद्योग–वाणिज्य क्षेत्रमा पदार्पण गरेका सैलेश उद्योग वाणिज्य तथा वस्तुगत कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष थिए भने नेपाल परिवार नियोजन संघ झापाका सदस्य र नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र झापाका सदस्य थिए । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर १ का सांसद ओमप्रकाश सरावगीले पार्टीको झन्डा ओढाएका थिए ।
उद्योग–वाणिज्य क्षेत्रको प्रशासनिकतर्फका पुराना अनुभवी ढुंगानाको निधनले झापाको उद्योग–वाणिज्य क्षेत्रलाई क्षति पुगेको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले प्रतिक्रिया दिएका छन् । ‘संघको प्रशासनिक काममा एकदमै दक्ष र कुशल हुनुहुन्थ्यो’, पनेरुले भने, ‘यत्तिको सिपालु मान्छे उद्योग–वाणिज्य क्षेत्रले पाउन निकै गाह्रो छ ।’
उनका पिता नारायण ढुंगाना झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । उनका पिता, माता पदमा, श्रीमती सारिका, छोरा सरिन, भाइ समिर रहेका छन् ।

Facebook Comments

4 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Google

  3. Pingback: Pelvic Floor Exercises

  4. Pingback: Kinky Toys