यसरी सुरु भएको थियो उरुग्वेबाट विश्वकप फुटबल

ओलम्पिक फुटबल टुर्नामेन्टको सफलताबाट फिफामा आफै विश्व च्याम्पियनसिप सञ्चालन गर्ने तीव्र इच्छाको विकास भयो । फिफाले सम्बद्ध संघहरूमा प्रश्नावली पठाइ कुन परिस्थितिमा उनीहरू टुर्नामेन्ट सञ्चालन गर्न तयार हुनेछन् भनी एक सर्वेक्षण नै र्गयो । एक विशेष कमिटीले फिफाका अध्यक्ष जुलिस रिमेटसँग प्रश्नहरुबारे छलफल गरेका थिए । उनलाई फन्सेली फुटबल फेडरेशनका सचिव हेनरी देलेउनयेले सहायता गरेका थिए ।

कार्यकारी समितिले प्रस्तुत गरेको प्रस्ताव पछ्याउँदै २८ मे १९२८ मा एम्स्टर्डयामममा भएको बैठकबाट फिफाद्वारा विश्वकप आयोजना गर्ने निर्णय र्गयो । अब आयोजक देश छान्नुपर्ने थियो । हंगेरी, इटाली, नेदरल्यान्ड्स, स्पेन र स्वीडेनले आफो उम्मेदवारी पेश गरे । १९२४ र १९२८ ओलम्पिकमा स्वर्ण पदक जितेकाले मात्र होइन, उरुग्वेले धेरै खर्च गर्ने र आफो १००औँ स्वतन्त्रताको वर्षगाँठ मनाउन लागेकाले पनि सुरुदेखि नै १९३० मा उरुग्वेको नाम चर्चामा रह्यो ।

यसबाहेक उरुग्वेको राष्ट्रिय सङ्गठनले सहभागी टोलीहरूको यात्रा र आवासको समेत सबै खर्चहरू बेहोर्न इच्छा देखाएको थियो । उरुग्वेलाई घाटा लागेमा आएको सम्भावित नाफा चाहिँ बाँड्ने भनिएको थियो । यी तर्कहरू निर्णायक थिए । १९२९ मा बार्सिलोनामा भएको फिफा कांग्रेसले उरुग्वेलाई पहिलो फिफा वर्ल्डकप आयोजक देशका रूपमा चयन र्गयो । अन्य उम्मेदवारी दिएका देशहरूले आफो नाम फिर्ता लिए ।
युरोपमा आर्थिक संकटबीच सबै योजना फाइनल काउन्टडाउनअनुसार सञ्चालन हुन सकेन । सहभागिताका लागि युरोपियनहरूले लामो समुद्री यात्रा पार गर्नुपर्ने भयो । क्लबहरूले दुई महिनाको लागि आफा उत्कृष्ट खेलाडीलाई त्याग्नुपर्ने थियो । यसको परिणामस्वरूप, धेरै संघले भाग लिनका लागि दिएको वचन तोडे र रिमेटको धेरै प्रयासपछि चार युरोपेली टिमहरु फन्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले कोन्टे भर्दे लिनर बाउन्ड नामक पानीजहाजमा उनको साथमा सहभागी भए ।

पहिलो फिफा विश्व कप १८ जुलाई १९३० मा मोन्टेभिडियोको नयाँ स्टेडियम एस्टयाडियो सेन्टिनयारियोमा खोलिएको थियो । यो विश्व फुटबलको एक नयाँ युगको सुरुवात थियो र उद्घाटन कार्यक्रमले खेलकुद र आर्थिक पक्षमा उल्लेखनीय सफलता हासिल र्गयो । तर, आयोजकहरू चार युरोपेली राष्ट्रले मात्र भाग लिएकोमा निराश भएका थिए । वास्तवमा मन्टेभिडियोमा यति रिस थियो कि चार वर्षपछि विश्व च्याम्पियन उरुग्वे आफो उपाधिको रक्षा गर्न अस्वीकार गर्ने पहिलो र एक मात्र टोली बन्न पुग्यो । उरुग्वेले दोस्रो फिफा विश्वकपमा भाग नै लिएन ।

पहिलो संस्करणमा उरुग्वेले अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा पहिलो हाफमा अर्जेन्टिना तथा दोस्रो हाफमा उरुग्वेको बल खेलाइएको थियो ।

१९३० मा बुडापेस्टमा भएको कांग्रेस बैठकले उरुग्वेलाई गाह्रो परिस्थितिमा पनि पहिलोपटक विश्वकप आयोजना गरेकोमा धन्यवाद दियो । उक्त बैठकले युरोपबाट थोरै संख्यामा मात्र टोलीहरूले भाग लिएकोमा पछुताएको उल्लेख गरेको थियो ।

फिफाले लस एन्जलसमा १९३२ मा भएको ओलम्पिक खेलहरूमा नेतृत्वदायी भूमिका लिन नसक्दा नयाँ टुर्नामेन्टको महत्व महसुस गरेको थियो । भर्खरका फुटबल खेलाडीहरूको स्थितिको बारेमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग मतभेद भएपछि फिफाले ओलम्पिक फुटबल टुर्नामेन्ट आयोजना गर्ने योजना त्यागेको थियो ।

फिफाले विश्वकप आयोजना गर्ने तीव्र इच्छा देखाएको स्वीडेनभन्दा अगाडि इटालीलाई दोस्रो फिफा विश्वकप आयोजना गर्ने अवसर दियो । यसपटक १६ टोली छान्नका लागि क्वालिफाइङ खेलहरू खेलाइएको थियो । १९३० भन्दा अलि फरक ढंगले यसपटक कुनै समूह छुट्याइएका थिएनन् । नकआउट राउन्डमा खेलाइएका थिए । जसबाट ब्राजिल र अर्जेन्टिना एक मात्र खेल खेलेर घर फर्किए । एकपटक फेरि, घरेलु टोली उपाधि जित्न सफल भयो । इटालीले चेकोस्लोवाकियाविरुद्ध अतिरिक्त समयमा विजय हासिल र्गयो । इतिहासमै पहिलोपटक फाइनल खेल रेडियोबाट प्रसारण गरिएको थियो ।

फिफा अध्यक्ष जुलिस रिमेटको सपना तब पूरा भयो जब तेस्रो फिफा विश्वकप उनकै देश फन्समा गरियो । यसपटक इटलीले सफलतापूर्वक उपाधिको रक्षा र्गयो ।

Facebook Comments

3 प्रतिक्रिया