थाहा भएको बहानामा बकिएकाहरु

धर्म गौतम

२०४० को दशकमा थाहा आन्दोलन निकै चर्चामा थियो । आन्दोलन पनि के भन्नु, एक जनाको आग्रह अभियान थियो । यस आन्दोलनका एक मात्र नायक थिए रुपचन्द विष्ट । उनी टिनको पातामा काटिएको फर्मा भित्तामा राखेर रङ पोत्थे । त्यसरी पोतिएको रंगले भित्तामा दुई अक्षर छाड्थ्यो ‘थाहा’ । जताततै भित्ताहरुमा देखिने त्यो थाहाबारे थोरै जनलाई थोरै कुरा थाहा थियो होला बाँकी नेपालीलाई त्यसबारेमा केही थाहा थिएन । थाहा मात्रै यति थियो, जताततै यस्तो लेखिएको देखिन्छ । कसले लेखेको, किन लेखेको, त्यो लेखाईको अभीष्ट के हो नगन्यलाई थाहा भए पनि बाँकी दुनियाँलाई थाहा थिएन । यसरी धेरैले थाहा नपाएरै भए पनि चलेको थियो थाहा अभियान अथवा आन्दोलन ।

रुपचन्द्र विष्टले शिक्षक भएर गाउँमा पढाए, प्रधानपञ्च भएर काम गरे, राष्ट्रिय पञ्चायतको सदस्य समेत भए । अधिकांशले लापरवाह देख्ने उनको जीवनशैली केही जनका लागि रहस्यपूर्ण समेत थियो । उनीसँग संगत गरेकाहरु भन्छन्, उनी साँच्चै जनमुखी थिए । उनी कसैको हैकमलाई स्वीकार गर्न तयार थिएनन् । उनी जन्मजात विद्रोही थिए र आफो त्यस स्वभावमा उनले कहिल्यै सम्झौता गरेनन् । उनको भाषा समेत विद्रोही थियो, व्यवहार त हुने नै भयो । कतिसम्म भने राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लड्दा उनले आफो घोषणा पत्र समेत बिक्री गरे । अर्थात् पैसा लिएर मात्रै दिन्थे मतदातालाई आफो निर्वाचन पर्ची । पैसा पैसा कसो थियो रे त्यसको दाम । यसरी आफस्वयम् उमेदवार भएको निर्वाचनमा समेत उनले थाहा अभियानको मर्म बुझाउने प्रयास गरिरहे ।

भन्थे, ‘थाहा पा भाते ! जान भाते ! बुझ भाते !’ तर उनका कुरा हामी कति भातेले बुझौं थाहा छैन । कतिले बोलेका कुरा सुन्दा लाग्छ, हामीले उनका कुरा पटक्कै बुझा छैनौं । न बुझ सकिन्छ । सबै कुरा, सबैका विचार जानेर र बुझ साध्य पनि छैन । तर समस्या कहाँ छ भने हामी बुझो नाटक गर्छौं । यसो गर्नु आफाई छल्नु हो, आफाई ढाँट्नु हो । जान्दाजान्दै आफँग ढाँटिनु हो । यसो गर्नेलाई सम्बोधन गर्ने उपयुक्त शब्द भातेभन्दा अरु के हुन सक्थ्यो होला ।

थाहा पाउनु, जान्नु वा सत्य कुरा बुझु सहज हुँदैन रहेछ । त्यसैले होला हामीले गर्ने गरेका कति काम, कति चलन, कति थिति भ्रममा आधारित छन् । म केही गरिरहेछु, निकै भइसक्यो मैले त्यसो गर्न थालेको तर मलाई थाहा छैन म किन त्यसो गरिरहेको छु । अझ समस्या कहाँ छ भने कुनै दिन आफे नित्य गर्दै आएको धन्दाको भ्रम टुट्छ, यो गर्नाको कुनै अर्थ छैन भन्ने महसुस हुन्छ तथापि हामी त्यसबाट अलग, त्यसबाट मुक्त हुन सक्दैनौं । हाम्रो भ्रमको अन्त्य हुँदैन । विष्ट भन्छन्, ‘भ्रमको अन्त्य थाहा ! निष्पक्ष सक्रियताको अभ्यास थाहा !’ थाहा अर्थात् थाहा पाउनु, बुझु, पर्गेल्नु जे भन्नुस् । उस बेला मात्रै होइन अहिले पनि हामीलाई धेरै कुरा थाहा छैन तर थाहा पाएको स्वाङ पारिरहेका छौं, थाहा पाएको नाटक गरिरहेका छौं ।

यो थाहा पाएको स्वाङ धेरैभन्दा धेरै राजनीतिको क्षेत्रमा चरितार्थ भएको देखिन्छ । राजनीतिक दलको जुलुशलाई हेर्नुस्, त्यहाँ सबैभन्दा बढी उफेहरु त्यही दलका बारेमा सबैभन्दा थोरै जानकारहरु हुन्छन् । जसलाई सत्य कुरा थाहा छ उनीहरु ब्ााटोमा हेरेझ गरेर आफा नजर कसैसँग जुध्ला कि भनेर जोगाइरहेका हुन्छन् । तिनका गफ सुन्यो भने लाग्छ मार्क्स र लेनिन त तिनका तेह्र दिनेभित्र पर्छन् । वीपी र गणेशमानसँग त तिनले गुच्चा खेलेका हुन् ।

थाहाको कुरा उठाउने विष्टका कुरा शुत्रबद्ध छन् । पञ्चायतीकाल साँचो बोल्नेहरुका लागि मृत्यु घण्टा बजिरहने काल भएकाले उनले आफा भनाईमा लाक्षणिक कलेवर हालेका हुन सक्छन् । विष्ट जस्ता मानिस भावनामा बगेका हुन्छन् र नै मानिसको मुटु थर्कने अभिव्यक्ति दिन सक्षम पनि हुन्छन् । त्यसैले होला उनले भनेका छन्, ‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका तथा सत्य र न्याय हाम्रा लागि !’ हो, साँच्चै कोही कसैको होइन । कोही कसैसँग नजिकिन्छ भने त्यसका पछाडि कुनै निहितार्थ हुन्छ, निहित स्वार्थ हुन्छ ।

थाहा नहुनु भनेको एक प्रकारको भ्रम हो । भ्रम रमाइलो पनि हुन्छ । हाम्रा केही नेता कुनै पदीय जिम्मेवारीलाई औपचारिकरुपमा ग्रहण गर्न लिइने सपथमा ईश्वरको नाम लिन चाहँदैनन् । ईश्वरको नाम लिन नचाहनु भनेको आफाई नास्तिक देखाउनु हो । तर उनीहरु कुनै कामको थालनी गर्दा, कुनै निर्माण कार्यको शिलान्यास गर्दा ब्राम्हण पढाएर स्वस्तिवाचनका साथ आफो कार्य सम्पन्न गर्दछन् । तिनले बोकाको बलि दिएको, भैँसीको पूजा गरेको जस्ता समाचार अवश्य नै बनावटी होइनन् होला ।

हामी यज्ञ अनुष्ठान गर्दा दीप प्रज्ज्वलन गरेर गर्ने गर्दछौं । कुनै सभा गोष्ठी आदि गर्दा त्यसको थालनी दीप प्रज्ज्वलन गरेर गर्ने चलन अहिले पनि छ । धार्मिक अनुष्ठानको त थालनी नै दीप प्रज्ज्वलनबाट हुन्छ, दियो बालेर सुरु गरिन्छ । अनुष्ठानभरि नै दियो बालिराख्दछौं । बीचमा त्यो निभ्यो भने त्यसलाई अपसकुन मान्दछौं । पुन: त्यसलाई बाल्दछौं । दियोले, त्यसबाट निस्केको उज्यालोले अन्धकारलाई हटाउँछ । तमसोमा ज्यातिर्गमय भन्ने गर्दछौं । त्यसले उज्यालोतिरको, उज्वल भविष्यको संकेत गर्दछ ।

हामीकहाँ मानिसको जन्मोत्सव मनाउने चलन छ । यसको थालनी कसरी भयो थाहा छैन । गाउँघरमा जन्मोत्सव धेरैजसो स-साना नानीहरुको गर्ने गरेको देखिन्छ । बालमृत्युदर उच्च भएको समाजमा बालबालिकाको जन्मोत्सव मनाउनु, तिनको दीर्घ जीवनको कामना गर्नु स्वाभाविक हो । त्यसैले जन्मोत्सव गर्दा अष्ट चिरञ्जिवीको पूजा गर्ने चलन छ । अब त छ भन्दा पनि थियो भन्नु पर्ला किनभने अचेल अष्ट चिरञ्जिवीको पूजा गर्ने भन्दा पनि केक काटेर जन्मदिन मनाउने चलन बाक्लिएको छ ।

पश्चिमाहरुले किन केक नै काट्दछन्, थाहा छैन । सायद केक तिनीहरुको विशेष परिकार भएकाले होला यता हाम्रो सेलरोटी जस्तो । केक काटेर जन्मोत्सव मनाउने चलन हाम्रो समाजमा पनि बाक्लिँदैछ । यो देखासिकी हो । केक काट्नु पूर्व त्यसमाथि बालिएका मैनबत्ति सम्बन्धितले फेर निभाउने गरिन्छ । दीप प्रज्ज्वलन गरेर अनुष्ठानहरु गर्ने घरमा पनि मैनबत्ति निभाएर केक काटिन्छ । बत्ति निभाउनु त अशुभ होइन र ? कतै बत्ति बाल्नु अनि कतै निभाउनु गरेको देख्दा लाग्छ त्यसो गर्नेहरुलाई त्यो बत्ति बाल्ने र निभाउने काम किन गरिन्छ भनेर थाहा छैन, एउटा भ्रममा नै छन् तिनीहरु । थाहा भएको भए एक थोक मात्रै गर्नु पर्ने, कि बाल्ने, कि निभाउने ।

यस पंक्तिकारलाई धेरैले अर्ति दिन्छन् कपाल रंगाउने । म प्रश्न गर्छु किन ? ६६ औं वर्षमा हिँड्दैछु, मेरो कपाल फनु स्वाभाविक हो । पहिलो पटक आफो शिरमा फेको कपाल देख्दा म दङ्ग परेको थिएँ । दङ्ग मात्रै होइन, उत्तेजित भएको थिएँ- हँ, अब भने म पनि वयष्क देखिन्छु, मेच्योर्ड देखिन्छु भनेर । केटाकेटी भनेर मलाई अरुले नपत्याएका रमाइला सन्दर्भहरु थिए र छन् । त्यस पृष्ठभूमिबाट म आफाई मेच्योर्ड देखियोस् भन्ने चाहन्थेँ । कपाल फनु मेच्योरिटीको एउटा सूचक हो ।

मानिस बृद्धावस्थाबाट डराउँछ, त्यसैले ऊ नक्कली भए पनि आफाई तन्देरी नै देखाउन चाहन्छ । बृद्धावस्थालाई तीन पक्षबाट हेर्ने गरिन्छ, उमेरगत, जैविक र मनोवैज्ञानिक । साँच्चै भन्दा मनोवैज्ञानिक पक्ष सबैभन्दा प्रबल देखिन्छ । हाम्रातिर चालिस कटेपछि बुढेसकाल लाग्यो भनेर खुइया गर्नेहरु खोजिरहनु पर्दैन । जापानतिर ९० वर्ष माथिकाहरु भेट्रान दौडमा सहभागी हुन्छन् रे । सहभागी मात्रै होइन, दौडमा बाजी मार्ने पनि तिनै हुन्छन् रे । कस्तो आत्मविश्वास ।

कुरो अलिक बरालिएजस्तो भयो । कुराको थालनी थाहाबाट भएको थियो । हामीले धेरै कुरा यस्ता गर्छौं जो किन गरेका हौं भन्ने हामीलाई थाहा हँँुदैन । हामीलाई यसबारेमा थाहा छैन भन्ने कुरा नै थाहा छैन । त्यसो भएपछि बाँकी हाम्रो चुरीफी बेहोसी मात्रै हो । तपाईं आफे गर्ने गरेका कार्यहरुको सूची बनाउनुस् । त्यसपछि ती कार्य किन गर्छु भन्ने कुरा पनि टिप्नुस् । सबै बुँदाका कारण तपाईंलाई चित्त बुझा आए भने तपाईं धन्य हुनुहुन्छ । तर ती कारण त्यसरी चित्त बुझा होलान् के त ?

Facebook Comments