उद्घाटन खेलमा आयोजक रसिया विजयी

झापा, जेठ ३१ । विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको छ ।
पूरै खेलमा रसिया हावी रह्यो । साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो । खेल सुरु भएको १२ औँ मिनेटमा गजिन्स्कीले हेडमार्फत् शानदार गोल गरी मस्कोको मैदानमा उपस्थित हजारौँ दर्शकलाई खुसी बनाएका थिए । उनको यही गोल योपटकको विश्वकपको पहिलो गोल हुन पुग्यो । मध्यान्तर हुनु दुई मिनेटअघि चेरीसेभले गोल गरी अन्तर दोब्बर बनाए । मध्यान्तरपछि रसियाले तीन गोल अझै थप्यो ।
स्टार स्ट्राइकर फेदोर स्मोलोभको सट्टा मैदानमा छिरेका जुबाले मैदानमा प्रवेश गरेको एक मिनेटमै ७१ औँ मिनेटमा गोल गरे । बाँकी दुई गोल इन्जुरी टाइममा भए । चेरीसेभले ९१ औँ मिनेटमा गोल गरी कूल गोल संख्या पहिलो खेलमै दुई पुर्याए भने ९४ औँ मिनेटमा गोलोभिनले फ्रिकिकबाट सिधै गोल गरी ५–० को अन्तरमा साउदी अरेबियालाई पराजित गरे ।
पहिलो खेलमा शानदार विजयसँगै रसियाले आप्mनो समूहमा तीन अड्ढ त पाएको छ नै, गोल अन्तर शानदार बनाएको छ । यो समूहमा रहेका उरुग्वे र इजिप्टको खेल भोलि हुँदैछ ।
खेलमा रसियाकै अलान जागोएभ चोटका कारण खेलको २४ औँ मिनेटमै बाहिरिए । उनी बाँकी खेलहरुमा पनि फर्कन सक्ने नसक्ने निश्चित छैन ।

 

 

source: pahilopost.com

Facebook Comments